News Category 2076/03/29
तिलाठीमा बाढीबाट दुई सय परिवार प्रभावित, ८ सय घर डुवानमा
दैनिक समाचारदाता
राजविराज, २९ असार ।
लगातारको बर्षा तथा खाँडो, महुली, जिता र कोशीनदीको बाढीका कारण सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका करिब २ हजार परिवार प्रभावित भएका छन् ।
खाँडो खोलाको बाँध तीन ठाउँमा भत्किदा गाउँपालिकाको वडा नं. १ जलमग्न भएको छ । त्यहाँको करिब ८ सय घर डुबानमा परेको हो ।
यसैगरी जिता, महुली र कोशी नदीको बाढीका कारण वडा नं. ४ कोइलाडी, वडा नं. ५ को. बर्साइनका बासिन्दाहरु प्रभावित भएका हुन् । खाँडो नदीमा अत्यधिक बाढी रहेको कारण बाँध मर्मत सम्भार गर्न सकिएको छैन ।
यता वडा नं. ३ सकरपुरामा भत्किन लागेको खाँडो नदीको बाँधलाई स्थानीययुवाहरु दामोदर मुखिया, उग्रकान्त झासहितकाले बाँध मर्मत गरी भत्काउनबाट जोगाएका छन् । उनीहरुलाई गाउँपालिकाबाट तीन हजार बोरा र जाली उपलब्ध गराइएको छ ।
यता वडा नं. २ लौनियाँमा भत्किन लागेको बाँधलाई स्थानीय वडाअध्यक्ष खगेन्द्र मण्डलको अगुवाईमा युवाहरुले बाँध भत्किनबाट जोगाएका छन् । गाउँपालिकाले दिएको बोरा र जालीबाट बाँध भत्किनबाट उनीहरुले जोगाएका हुन् ।
गाउँपालिकाको कार्यालय समेत डुबानमा परेको छ । कार्यालय भित्र पानी नपसेपनि परिसरमा तीन फिटसम्म बाढीको पानी रहेको छ । कार्यालयको सामान तथा कागजपत्रहरु सुरक्षित तरिकाले राख्न आवश्यक तयारी गरिएको छ । तिलाठीमा करिब एक दर्जन घर बाढीको कारण भत्किएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ