News Category 2076/03/29
त्रियुगा नदीमा आएको बाढीले फत्तेपुरका २ सय ५० परिवार घरवारबिहिन
चन्दन यादव
फत्तेपुर, २९ असार ।
अबिरल बर्षाका कारण सप्तरीको सप्तकोशी नगरपालिकास्थित वडा नं. १ फत्तेपुरसहित वडा नं. २, ३, ६, ७ का ६ सय घरपरिवार बिस्तापित भएका छन् भने बाढीको पानी घरमा पस्दा खाद्यान्नसहित जनधनमा ठूलो क्षति पुगेको छ ।
अबिरल बर्षाका कारण त्रियुगा नदीमा आएको बाढीले वडा २ सिद्विपुरको बाध भत्किएको कारण सकुवानीसहित त्यस क्षेत्रका १ सय ५० घरपरिवारका ६ सय व्यक्ति बिस्तापित भएका हुन् ।
स्थानिय मोहम्मद मजिमिल हक, मोहम्मद ईनुस, सहादत, मोहम्मद समिम, मोहम्मद हैदर, मोहम्मद रसुल, मजलुम, मोलाधामी, मोहन बिक, तरू चौधरी, मोहम्मद गफार, मोहम्मद अलि हुसेन, हजारी राम घरमा पानी पसेर घरको खाद्यान्न, गाईबस्तु, लत्ताकपडा, सहितका लाखौको समानहरू बाढीले बगाएको नेपाली काँग्रेसका स्थानिय नेता कृष्णप्रसाद ढकालले जानकारी दिएका छन् ।

सप्तकोशी नगरपालिकाले सिद्विपुरस्थित त्रियुगा नदीमा बालु उत्खन गर्नाले यहाँका तटबन्ध भत्केको स्थानिय मोहन बिकले बताए । बारम्वार नगरपालिका ठेक्का लगाएर नदिवाट बालुवा उत्खन नर्गन भनिए पनि ट्रेक्टरवाट बालु उत्खन गरेकोले नदीमा आएको बाढीले बाध भत्काएको स्थानिय हजारी रामले बताए ।
त्यसैगरी वडा १ फत्तेपुरमा त्रियुगा नदीको हेड बाधबाट पानी ओभर फ्लो भएर बस्तिमा बाढी पस्दा त्यहाँका २ सय ५० घरपरिवार घरवार बिहिन भएका छन् । सो वडाका कृष्णबहादुर तमाई, किरण राई, दिल सिँह राई, शम्भु राई, कमल राई, अजु राई, रितु खडका, बलमान तामाङ्ग, बची कमनी, कर्ण गुरूङ्ग, कला राई, बिष्णु राई, मंजु राई, काजी परियार, रामकुमार राई, समसा मिया, रोशन बिक, रोशन मिया, अनवर मिया, अनदिल मिया, फते महम्मद, धनमायाँ राईसहित २ सय ५० घरपरिवारमा त्रियुगाको हेड बक्सबाट नदी ओभर फ्लो भएर गाउबस्ति ढुवानमा परेका स्थानिय पुलचौक समाज सुधारका अगुवा धनप्रसाद अचार्यले जानकारी दिए ।
बाढीले त्यहाँका घरपरिवारवाट खाद्यान्न, भेडाबाख्रा, सुँगुर, चौपायाँहरू लगायत टिभी, फ्रिज लताकपडाका सामग्रीहरू नष्ट भएको छ भने घरबाट आवतजावत गर्न समेत समस्या भएको पीडित लक्ष्मी राई चौधरीले दःुखेसो पोखीन् ।
यता बाढी प्रभाबित क्षेत्रमा नेपाली काँग्रेस सप्तरी अध्यक्ष दिनेश कुमारयादब सहितको नेता तथा कार्यकताहरूले त्रियुगा नदिको सिद्विपुर, फत्तेपुर, सकवनीसहित ठाँउहरूमा पुगेर बाढी पीडितहरूको घरपुगेर बाढीको अबस्थावारेमा जानकारी लिएका छन् भने पार्टीका कार्यकर्ताहरू बाढी प्रभाबित क्षेत्रमा आबश्यक राहतका सामग्री जुटाएर बितरण गर्न उनले आग्रह समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ