News Category 2076/03/30
एकद्वार प्रणाली मार्फत बाढीपीडितलाई राहत बितरण गर्न निर्देशन
दैनिक समाचारदाता
राजविराज, ३० असार ।
जिल्ला बिपद ब्यबस्थापन समितिले एकद्वार प्रणाली मार्फत बाढीपीडितहरुलाई राहत बितरण गर्न निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी तथा बिपद ब्यबस्थापन समितिका अध्यक्ष सुरेन्द्र पौडलको अध्यक्षतामा बसेको आपतकालिन बैठकले सो निर्देशन दिँदै बिपदमा परेकालाई उद्दार गर्ने र राहतको ब्यबस्थापनमा जुट्न सबै स्थानिय निकाय, सरोकारवाला निकायहरूलाई आग्रह समेत गरेको छ ।
बैठकले त्रियुगा नदिको डिपिआर तैयार गर्न, खाडोको नियन्त्रण कार्य गर्ने, सम्बन्धी बिषयगत कार्यालयलाई निर्देशन पनि दिएको छ ।
यस्तै सोही बैठकले स्थानिय तहले क्षति भएका ठाँउमा सही डाटा गरी, पक्षपात नगरी, मानविय कार्यमा लाग्न, बिगत भन्दा अहिले संघसंस्थाले सामुहिक रूपमा आबश्यकता अनुसार सहयोगमा जुटन आग्रह गरेको छ ।
स्थानिय तहले सम्बन्धी पालिकाहरूले बाढीको जोखिममा रहेका बाढी पीडितलाई ब्यबस्थापन गर्नका लागी पीडितको संख्या के कति छ भन्ने माँग संकलन गर्ने गरी आबश्यक राहतको सामग्री बितरण गरिने निर्णय गरेको छ ।
जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका, सप्तकोशी नगरपालिका, तिलाठीकोईलाडी गाउपालिका, बोदेबरसाईन नगरपालिका, राजबिराज नगरपालिका, अग्नीसाईर कृष्णासवरण गाउपालिका, कंचनरूप नगरपालिका, शम्भुनाथ नगरपालिका लगायतका ठाँउका ३ हजार ५ भन्दा बढी परिवार बाढीवाट प्रभाबित भएका छन् ।
सो बैठकमा जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादब, छिन्नमस्ता गाउँपालिका अध्यक्ष सूर्य नारायण मण्डल, बोदेबरसाईन नगरपालिका प्रमुख आतेश कुमार यादब, तिरहुत गाउपालिका अध्यक्ष, मनोज कुमार बहडखैर, संघिय समाजवादी पार्टी सप्तरी अध्यक्ष केदार यादब, राजपा नेपाल सप्तरी संयोजक अमरनाथ मण्डल, गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. चुमनलाल दास, खाडो नदी नियन्त्रण कार्यालय प्रमुख बिष्णुदेव यादब, संघन शहरी प्रमुख रमेश थिंग, सप्तरी प्रहरी प्रमुख मनोज कुमार यादब, सशस्त्र प्रहरी उपरिक्षक खेम बहादुर थापा, भिम दल गण प्रमुख सेनानी गुप्तबहादुर कुवर, रेडक्रस अध्यक्ष जोगेन्द्र भगत, कोशी पीडित समाज निर्देशक देब नारायण यादब, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक, सेभ द सप्तरी अध्यक्ष ध्रुव कुमार देब, सबल नेपालका वास संयोजक अशोक साहलगायत विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ