News Category 2076/03/31
घाम लागेपछि केही राहत महसुस गर्दै स्थानियवासी
दैनिक समाचारदाता
राजविराज, ३१ असार ।
वर्षा र बाढीको चपेटामा परेर कष्टकर दैनिकी बिताउन बाध्य भएका सर्वसाधारण मंगलबार दिउँसोदेखी वर्षा रोकिएर घाम लागेपछि राहत महसुस गरेका छन् ।
घाम उदाएपछि विभिन्न नदी र खोलामा पानीको बहाव घट्दै गएपछि बाढीबाट बिस्थापनमा परि विद्यालय र बाँध लगायतका स्थानमा आश्रय लिई बसेका बाढीपीडितहरुले राहत महसुस गरेका हुन् ।
यता वर्षा रोकिएर घाम उदाएपछि बजारमा चहलपहल समेत बढेको छ । घाम लागेसँगै सर्वसाधारणले लुगाफाटा धोएर सुकाउने लहर नै चलेको देखिन्छ भने अधिकांश बाढीपीडितहरु पनि घर फर्केर बाढीले तहसनहस बनाएको घर ठिकठाक पार्न ब्यस्त भएका छन् ।
घाम नलाग्ने र दिनरात वर्षा हुने गरेका कारण एक सातादेखी धोएको लुगा नसुकेर हैरानी बेहोर्नु परेको थियो, राजविराज नगरपालिका वडा नं. २ की रंजिता कुमारी यादवले भनिन्, “तर आज घाम उदाएकाले हतार हतारमा थप लुगाफाटा धुने र सुकाउने काममा ब्यस्त भएको छु ।”
डिएसपी भावेष रिमालले वर्षा रोकिएर घाम उदाएपछि बाढीले भत्काएका बाध मर्मत कार्य तथा बाढीपीडितको राहत कार्य पनि सहज बन्दै गएको बताए ।
यद्दपी हनुमाननगर कंकालिनी नगरपालिका र सप्तकोशी नगरपालिकाको केही वडाका घरमा अझै बाढीको पानी रहेकाले बिस्थापनमा परेर स्थानिय प्रशासनद्वारा मिलाइएको सुरक्षित वास स्थलबाट फर्काउन एक दुई दिन समय अझै लाग्ने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । उनले मंगलबार बिहान तिलाठी कोइलाडी गाउँपालिकास्थित बाध कटानको जोखिममा परेको खबर आएपछि तत्कालै सेना र प्रहरीको सहयोगमा मर्मत गरि सम्भावित खतरा टार्न सफल भएको बताए ।
मौसम सफा भएपछि बाढी प्रभावित क्षेत्रमा काम गर्न केही सहज भएको तथा जनजिवन सामान्यतर्फ फर्किदै गएको जानकारी दिँदै उनले भने, “बाढी प्रभावित क्षेत्रमा हामी दिनरात खटेका छौं, अब बाढीले थप पीडा दिने अवस्था तत्काल देखिएको छैन् ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ