News Category 2076/03/31
घाम लागेपछि केही राहत महसुस गर्दै स्थानियवासी
.jpg)
दैनिक समाचारदाता
राजविराज, ३१ असार ।
वर्षा र बाढीको चपेटामा परेर कष्टकर दैनिकी बिताउन बाध्य भएका सर्वसाधारण मंगलबार दिउँसोदेखी वर्षा रोकिएर घाम लागेपछि राहत महसुस गरेका छन् ।
घाम उदाएपछि विभिन्न नदी र खोलामा पानीको बहाव घट्दै गएपछि बाढीबाट बिस्थापनमा परि विद्यालय र बाँध लगायतका स्थानमा आश्रय लिई बसेका बाढीपीडितहरुले राहत महसुस गरेका हुन् ।
यता वर्षा रोकिएर घाम उदाएपछि बजारमा चहलपहल समेत बढेको छ । घाम लागेसँगै सर्वसाधारणले लुगाफाटा धोएर सुकाउने लहर नै चलेको देखिन्छ भने अधिकांश बाढीपीडितहरु पनि घर फर्केर बाढीले तहसनहस बनाएको घर ठिकठाक पार्न ब्यस्त भएका छन् ।
घाम नलाग्ने र दिनरात वर्षा हुने गरेका कारण एक सातादेखी धोएको लुगा नसुकेर हैरानी बेहोर्नु परेको थियो, राजविराज नगरपालिका वडा नं. २ की रंजिता कुमारी यादवले भनिन्, “तर आज घाम उदाएकाले हतार हतारमा थप लुगाफाटा धुने र सुकाउने काममा ब्यस्त भएको छु ।”
डिएसपी भावेष रिमालले वर्षा रोकिएर घाम उदाएपछि बाढीले भत्काएका बाध मर्मत कार्य तथा बाढीपीडितको राहत कार्य पनि सहज बन्दै गएको बताए ।
यद्दपी हनुमाननगर कंकालिनी नगरपालिका र सप्तकोशी नगरपालिकाको केही वडाका घरमा अझै बाढीको पानी रहेकाले बिस्थापनमा परेर स्थानिय प्रशासनद्वारा मिलाइएको सुरक्षित वास स्थलबाट फर्काउन एक दुई दिन समय अझै लाग्ने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । उनले मंगलबार बिहान तिलाठी कोइलाडी गाउँपालिकास्थित बाध कटानको जोखिममा परेको खबर आएपछि तत्कालै सेना र प्रहरीको सहयोगमा मर्मत गरि सम्भावित खतरा टार्न सफल भएको बताए ।
मौसम सफा भएपछि बाढी प्रभावित क्षेत्रमा काम गर्न केही सहज भएको तथा जनजिवन सामान्यतर्फ फर्किदै गएको जानकारी दिँदै उनले भने, “बाढी प्रभावित क्षेत्रमा हामी दिनरात खटेका छौं, अब बाढीले थप पीडा दिने अवस्था तत्काल देखिएको छैन् ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ