News Category 2076/04/02
कोशीको बाध तत्कालै मर्मत गर्न मन्त्रीद्वयद्वारा निर्देशन
दैनिक समाचारदाता
राजविराज, २ साउन ।
प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको भारदहदेखी हनुमाननगर, डलवा, कुनौली बोर्डरसम्मको कोशी बाँध अत्यन्त जोखीमपूर्ण अवस्थामा रहेकोले सो बाँध तत्कालै मर्मत सम्भार हुनु पर्ने बताएका छन् ।
बाढी प्रभावित क्षेत्रहरुको निरिक्षणका क्रममा कोशी ब्यारेज पुगेका मन्त्री सोनलसहित प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोशी नदीका तटबन्धहरु अवस्था अत्यन्त जिर्ण र जोखीमपूर्ण रहेकोले यसको मर्मतका लागि भारत सरकार गम्भिर हुनुपर्नेमा जोड दिए ।
सोही क्रममा मन्त्रीद्वयले भारत सरकारको अधिनमा रहेको कोशी योजनाका कर्मचारीहरुलाई ती बाँधहरु तत्कालै मर्मत गर्न निर्देशन समेत दिए ।
सो निरिक्षणका क्रममा राजपाका उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, शेखर सिंह, सहमहामन्त्री गजेन्द्र कुमार मण्डल, विद्यार्थी नेता किशोर कुमार यादव, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश कुमार साह लगायतको सहभागिता रहेको थियो ।
सप्तरीमा बाढीबाट सबै भन्दा बढी तिलाठी कोइलाडी गाउँपालिका, सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिकामा क्षति भएको छ ।
सप्तकोशीको बाढीले हनुमाननगर, खाडोको बाढीले तिलाठी, त्रियुगा नदीको बाढीले सप्तकोशी नगरपालिकामा ठूलो क्षति पुगेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ