News Category 2076/04/03
सप्तरीको बाढी प्रभावित क्षेत्रमा काँग्रेसको केन्द्रिय टोली, पीडितहरूको उद्वार र राहतमा सरकार उदासिन ः सभापति देउवा
चन्दन यादव
राजविराज, ३ साउन ।
नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितहरूको उद्धार र राहतमा सरकार उदासिन देखिएको आक्रोस पोखेका छन् ।
सप्तरीको बाढीबाट अति प्रभावित क्षेत्रको काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री देउवासहितको टोलीले शुक्रबार स्थलगत निरिक्षण गर्ने क्रममा संचारकर्मीहरुसँग कुराकानी गर्दै सो आक्रोस पोखेका हुन् ।
निरिक्षणको क्रममा संचारकर्मी सँग कुरा गर्दै काँग्रेस सभापति देउवाले सदनको नियमित एजेण्डा स्थगित गरेर बाढी पीडितलाई सहयोग गरौं भन्ने प्रस्ताव राख्दा सत्ता पक्षले सूचना टाँसेर संसद बैठक स्थगित गरेको आरोप पनि लगाए ।
उनले हरेक वर्ष बाढीबाट जनधनको क्षति भइरहदा यहाँका जनतालाई जोगाउन ठोस् पहल हुनुपर्ने र पीडितलाई पुर्नस्थापनाका लागि ठोस् काम गर्नुपर्ने आवश्यकता रहेको बताए । नेपाली काँग्रेस प्रतिपक्षको भूमिकामा रहेर पनि बाढीपीडितका लागि आफूसहित काँग्रेसबाट निर्वाचित स्थानिय, प्रदेश र संघीय सरकारमा रहेकाहरुले पनि आ–आफ्नो तलब पारिश्रमिकबाट सहयोग गरिरहेको उनको भनाई थियो ।
बाढीपीडितका लागि काँग्रेसबाट निर्वाचित संघीय सांसदले ५ दिन र प्रदेश सांसदले १० दिन बराबरको तलब दिने घोषणा पनि गरिसकिएको उनले जानकारी दिँदै स्थानिय काँग्रेसी नेता तथा कार्यकर्तालाई बाढी प्रभावित क्षेत्रमा सक्रिय भई पीडितको सहयोगमा जुट्न निर्देशन पनि दिए ।
सो क्रममा उनले बाढीपीडितहरुसँग कुराकानी गर्नुका साथै बाढीले कटान गरेको स्थलहरुको समेत निरिक्षण गरेका छन् । उनले बाढीको समस्या समाधान तथा समयमै राहत उपलब्ध गराउने सवालमा सरकार गम्भिर नहुँदा बाढीपीडित मारमा परेको बताउँदै अब बस्ने प्रतिनिधि सभा बैठकमा बाढीपीडितको पुर्नस्थापना र राहतका लागि काँग्रेसले जोडदार आवाज उठाउँने बताए ।
टोलीले बाढीबाट अति प्रभावित बलान बिहुल गाउँपालिका, सप्तकोशी नगरपालिका, सुरुङ्गा नगरपालिका, हनुमाननगर कंकालिनि नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका लगायत क्षेत्रको स्थलगत निरिक्षण गरेको हो ।
देउवासँगै टोलीमा सांसद तेजुलाल चौधरी, केन्द्रिय सदस्य चित्रलेखा यादव, महेन्द्र यादव, आनन्द ढुङ्गाना, रामकृष्ण यादव, जिल्ला सभापति दिनेश यादवलगायत सहभागि रहेको थियो ।
बाढीका कारण सप्तरीमा ३ हजार ५ सय परिवार बाढी प्रभावित भएका छन भने त्यस मध्ये एक हजार परिवार बिस्थापित भई बाध, बिद्यालय तथा छिमेकीको घरमा आश्रय लिएर बसेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ