News Category 2076/04/04
बाढीपीडितलाई ग्लोबलको सहयोग, बालबालिकालाई समेत शैक्षिक सामाग्रि बितरण
राजविराज÷ग्लोबल आईएमई बैंक राजविराज शाखाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित बाढीपीडित ३ सय परिवारलाई राहत स्वरुप त्रिपाल र शैक्षिक सामाग्रि उपलब्ध गराएको छ ।
बाढीबाट अति प्रभावित सो गाउँपालिका वडा नं. ४ स्थित तेलयारी, चट्टी, नवटोलिया र गोरिहारी टोलका पीडितहरुलाई शनिबार शाखा प्रबन्धक मनिष महासेठको नेतृत्वमा पुगेको टोलीले एक÷एक थान त्रिपाल र उनका सन्तानलाई कपी, कलम, पेन्सिल लगायतका शैक्षिक सामाग्रि उपलब्ध गराएको हो ।

बाढीले घर बगाउनुका साथै पीडित परिवारको सन्तानका शैक्षिक सामाग्रि पनि नष्ट गरेको पाइएकोले त्रिपालसँगै शैक्षिक सामाग्रि पनि उपलब्ध गराइएको प्रबन्धक महासेठले बताए । सामाजिक उत्तरदायित्व तथा परोपकारी काम अन्तरगत राहत उपलब्ध गराइएको भन्दै उनले प्राप्त सहयोगको सदुपयोग गर्न आग्रह पनि गरे ।
पीडितहरुको बस्तिमै पुगि भएको राहत बितरण कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले पनि राहत बितरण गर्दै बाढीपीडितलाई सहयोग गरेकोमा बैंकपरिवारप्रति धन्यवाद व्यक्त गरे । उनले बाढीपीडितका लागि सहयोगी हातहरु अघि बढ्नु पर्नेमा जोड दिए ।
राहत बितरण कार्यक्रममा सशस्त्र प्रहरी निरिक्षक लाल बहादुर नेगि, पत्रकार महासंघ प्रदेश २ का पार्षद मनोज कुमार माझी, वडा अध्यक्ष गोपि मण्डललगायतको पनि उपस्थिति रहेको थियो ।
अविरल वर्षापछि असार तेश्रो सातामा विभिन्न नदी खोलामा आएको बाढीका कारण सप्तरीमा ४ सय भन्दा बढी परिवार बिस्थापित बनेका छन् । ती क्षेत्रका सयौं विगहा धानखेती पनि डुवानमा परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ