News Category 2076/04/07
आईसिटी अवार्ड २०१९ मा सप्तरीका ईन्जिनियर पर्न सफल
.jpg)
दैनिक समाचारदाता
राजविराज, ६ साउन ।
सप्तरीका दुई युवा इन्जिनियरको सफल प्रयासबाट आइसिटी अवार्ड २०१९ को प्रतिष्पर्धामा टप फाइवमा पर्न सफल भएको छ ।
डिजिटल नेपाल कम्पन्नीका संचालक सप्तरीको तिलाठी कोईलाडी गाउपालिका ८ निवासी इन्जिनियर आदित्यराज यादव र राजविराज निवासी इन्जिनियर बसन्त गुप्ताको प्रयासका कारण आईसिटि एवार्ड २०१९ को लागी टप ५ मा पर्न सफल भएका हुन् ।
यही साउन ३२ गते लिभिङ विथ आइसिटी काठमाडौको आयोजना हुन लागेको राष्ट्रिय स्तरको चौथो संस्करणको आइसिटी स्टार्टअप आइसिटी अवार्डका लागि आदित्य र बसन्तले सञ्चालन गर्दै आएको ई–डिजिटल नेपाल प्रा.लि. उक्त प्रतियोगितामा आफ्ना प्रतिष्पर्धीहरुलाई पछि पार्दै उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् ।
सो प्रालिले डिजिटल सूचना व्यवस्थापन प्रणालीको क्षेत्रमा नयाँ एप्प एवम् सफ्टवेयर बनाएर देशमै चर्चित सप्तरीका दुई युवा इन्जिनियरको रुपमा चिनिन्छन् । प्र्रदेश २ सरकारको महिला सुरक्षा एप्प, बेटी बचाउ बेटी पढाउ अभियान अन्तरगत पनि सो कम्पनीले एप्प निर्माण गरेको हो ।
देशैभरिका टप २५ बाट टप ११ तथा हाल उत्कृष्ट पाँचमा पर्न सफल भएको उनका दाजु राधेश्याम यादवले जानकारी दिएका छन् ।
सप्तरीका यी दुई ईन्जिनियर ई–डिजिटल नेपाल प्रा. लि. नेपालको शिक्षण संस्थामा देखिएको परम्परागत सूचना व्यवस्थापन प्रणालीलाई कम गरी डिजिटल सूचना व्यवस्थापन प्रणाली सुरु गर्ने अभियानमा सक्रिय रहेको ईन्जिनियर वसन्त गुप्ताले बताए ।
२०७५ को वैशाखमा स्थापना भएको कम्पनीले छोटो समयमै चार सय भन्दा बढी स्कुललाई स्टुडेन्ट म्यानेजमेन्ट सिस्टम सफ्टवेयरबाट सफलताका साथ डिजिटलाइज गरिसकेको उनले बताए ।
यो कम्पनी नेपालको शिक्षा पद्धतिलाई परिवर्तन गर्दै शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय र सरकार सबैका लागि साझा प्लाटफर्म बन्ने प्रयासमा जुटेको छ ।
गत वर्ष आयोजित प्रतियोगितामा स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज २०१८ को उप–विजेता भएका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीबाट २ लाख नगद एवम् अवार्डबाट सम्मानित गरिएको थियो ।
सम्पुर्ण नेपालीहरू र सप्तरीवासीले यसवर्षको आइसिटी अवार्ड २०१९ मा उत्कृष्ट पाँचमा परेका उनलाई विजेता बनाउन मोबाइलबाट आइसिटी स्पेस १०१ टाइप गरी ३१००७ मा पठाएर सहयोग गरि बिजेता बनाउन सबैमा बिनम्र आग्रह गर्दै ईन्जिनियर आदित्य राज यादबले अपिल गरेका छन ।
भोटिङ्ग प्रक्रिया साउन १६ गतेसम्म सुचारु रहने भएकोले आ–आफ्नो सुविधा अनुकुल मोबाइल तथा अनलाइनबाट ई. आदित्य र ई. बसन्तलाई भोटिङ्ग गर्न दाजु राधेश्यामले सबैमा आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ