News Category 2076/04/08
चट्याङ् लागेर एक बालिकासहित तीनको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ७ साउन ।
सप्तरीमा मंगलबार बिहान मेघ गर्जन र वर्षासँगै खसेको चट्याङ् लागेर एक बालिकासहित तीन जनाको मृत्यु भएको छ ।
चट्याङ लागेर सप्तरीको तिलाठी कोईलाडी गाउँपािलका १ बस्ने लक्ष्मण यादवकी १५ वर्षिया छोरी पुनम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षा हुँदै गर्दा धान खेतमा काम गरिरहेकी पुनमलाई अचानक चट्याङ् लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै जिल्लाकै हनुमानगर कंकालिनी नगरपालिका ११ बस्ने शुभनारायण पण्डितको ४५ वर्षिया श्रीमती शिवसती देवी पण्डितको खेतमा श्रीमानलाई खाना पु¥याई फर्कने क्रममा चट्याङ् लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै जिल्लाको सुरुङ्गा नगरपालिका ३ बस्ने ५५ बर्षीय हरीहर चौधरी खेतमा काम गरिरहेको अवस्थामा चट्याङ् लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ् लागेर गम्भिर घाइते भएका चौधरीको उपचारका क्रममा सप्तऋषी अस्पताल लहानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ