News Category 2076/04/09
बाढीग्रस्त क्षेत्रको युनिसेफको टोलीद्वारा अवलोकन
दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
बाढीबाट अति प्रभावित तिलाठी कोइलाडी गाउँपालिकामा पसेको बाढीको युनिसेफको टोलीले अवलोकन गरेको छ ।
युनिसेफको विपद् व्यवस्थापन शाखाका मो. हारुन, कारमेन, असिम श्रेष्ठ र अशोक कुमार झाले तिलाठी पुगेर बाढीको अवस्थाको बारेमा जानकारी लिएका थिए ।
युनिसेफको सहयोगमा तिलाठी कोइलाडी गाउँपालिकाद्वारा बालकेन्द्रीत विपद् जोखिम न्युनीकरण कार्यक्रम सञ्चालन गरेको हो ।
बाढीको समयमा बालबालिका तथा महिलाहरुले भोग्नुपरेको तथा सामना गर्नुपरेको समस्याहरुका बारेमा युनिसेफको टोलीले गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहसँग जानकारी लिएको हो ।
बाढीकोलागि गाउँपालिकाले गरेको पूर्व तयारी तथा बाढीको समयमा प्रतिकार्यका कार्यहरु के कसो भईरहेको तथा आगामी दिनमा के गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको गाउँपालिका अध्यक्ष सिंहले बताए ।
यसैगरी गाउँपालिकामा स्थापना गरिएको आपतकालीन कार्य सञ्चालन केन्द्रको क्रियाशिलता तथा त्यहाँ रहेको सामग्रीहरुको बारेमा विपद् जोखिम न्युनीकरण अधिकृत राजेश कुमार झासँग आवश्यक छलफल गरिएको थियो ।
युनिसेफको सहयोगमा गाउँपालिकामा आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गर्नुकासाथै खाँडो नदीमा बाढी पूर्व सूचना प्रणालीसमेत जडान गरिएको छ ।
सो क्रममा गाउँपालिकाका उपाध्यक्ष सुचिताकुमारी यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत राजुकुमार झाले बाढीको अवस्था र त्यसले निम्त्याएको समस्याहरुका बारेमा जानकारी दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ