News Category 2076/04/13
नेकपा जिल्ला कमिटी चयनमा सिनियर कमरेडहरुलाई वेवास्ता गरिएको आरोप
दैनिक समाचारदाता
राजविराज, १२ साउन ।
नेकपाको सप्तरी जिल्ला कमिटि चयनमा दर्जनौं सिनियर कमरेडहरुलाई वेवास्ता गरिएको तत्कालिन माओवादी केन्द्रका नेताहरुले आरोप लगाएको छ ।
राजविराजमा आइतबार पत्रकार सम्मेलन गरि २ नं. प्रदेश कमिटिका सदस्य तथा तत्कालिन माओवादी केन्द्रका नेता देवनाथ यादवले प्रदेश कमिटिद्वारा क्रियाशिल रहेका ती कमरेडहरुलाई जिल्ला कमिटिमा कुनै स्थान नदिएको भन्दै त्यसलाई सच्याउनु पर्ने माँग गरेका छन् ।
नेकपा सप्तरीको जिल्ला कमिटि गठन गर्दा महान जनयुद्धको क्रममा जेलनेल र यातना भोगेका करिब दुई दर्जन सिनियर कमरेडहरुलाई वेवास्ता गरि प्रदेश कमिटिले सांगठनिक सदस्य नै नभएकाहरुलाई जिल्ला कमिटिमा समावेश गरिएको आरोप समेत लगाए ।
उनले सांगठनिक सदस्य नै नलिएकाहरु तथा आसेपासेलाई राखेर चयन प्रक्रियामा प्रदेश कमिटिले गम्भिर त्रृटी गरेको भन्दै सो निर्णय नसच्याए त्यसबाट उत्पन्न हुने दुष्परिणामको जिम्मा समेत निर्णयकर्ताले नै लिनुपर्ने चेतावनी समेत दिए ।
सो पत्रकार सम्मेलनमा प्रदेश २ कमिटिका अर्का सदस्य भागवत यादवले जनयुद्धका बेला जेलनेल र यातना भोगेका ज्ञानेन्द्र घिमिरे, उमेश मण्डल, देवराम यादव, बलराम महतो, सुकदेव साह, गोपाल प्रसाद गुप्ता लगायत दुई दर्जन सिनियर कमरेडहरुलाई जिल्ला कमिटिमा समावेश नगरिएकोमा असन्तुष्टि जनाए । उनले निश्चित मापदण्ड विधि अपनाई तत्कालिन नेकपा (माओवादी केन्द्र) को तर्फबाट जिल्ला कमिटि पुर्नगठन नगरिए त्यसबाट उत्पन्न हुने दुष्परिणामको जिम्मा पनि निर्णयकर्ताहरु नै हुने चेतावनी दिए ।
जिल्ला कमिटिका सदस्य हरिनारायण चौधरीले प्रदेश नेतृत्वतहमा रहेको संक्रिण गुटिय घेरा र मानसिकता तथा असहमत पक्षलाई निषेध गर्ने अलोकतान्त्रिक चरित्रकै कारण अधिकांश सिनियर कमरेडहरुलाई जिल्ला कमिटिबाट पाखा लगाइएको भन्दै तत्काल निर्णय सच्याई जिल्ला कमिटि पुर्नगठन गर्नु पर्ने माँग गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ