News Category 2076/04/14
बाढी प्रभावित समुदायमा पानी शुद्विकरण सम्बन्धी अभिमुखिकरण
दैनिक समाचारदाता
राजबिराज, १३ साउन ।
बाढी पहिरोको बेला हुने जोखिम र महामारीबाट जोगिन तथा खानेपानी शुद्विकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तथा युनिसेफको सहयोगमा सरसफाई क्षेत्रमा काम गर्ने स्वयमसेवकहरूसँगको अभिमुखिकरणमा समुदायमा पानी शुद्विकरण तथा साबुन पानीले हात धुने सम्बन्धमा छलफल समेत गरिएको छ ।
समुदायमा चर्पी प्रयोग गर्दा तथा पानी शुद्वगरी खानका लागि ट्युवेल, धारा र ईनारको पानी प्रयोग गर्दा पिउस, वाटर गार्ड, एक्वा ट्याप राखेर आधा घण्टापछि मात्र पिउन अभिमुखिकरणमा सहजिकरण गरिएको सबल नेपालका सरसफाई अधिकृत प्रमेश्वर झाले जानकारी दिए ।
शुद्व पानी नखादा जन्डिस, आउँ, झाडापखाला तथा हैजा जस्ता महामारी रोग लाग्ने भएकोले पानी जन्य रोगबाट बच्नका लागि समुदाय ब्यापक प्रचारप्रचार गर्नु आवश्यक रहेको झाले बताउँदै बाढी प्रभाबित क्षेत्रमा स्वयमसेवकहरूलाई सरसफाई वारेमा जनचेतनामूलक फैलाउनु आग्रह गरिएको छ ।
खानाको स्वच्छताको लागि ध्यानुपर्ने, हात धोएर खाना खाने, पानी पिउने, चर्पिमा महिला गर्भवति महिलालाई कसरी लाने, ट्युवेलको पानी खादै नखाने, पोखरीमा बिलिंक पाउडर प्रयोग गरि खाने, दैबि प्रकोपको वेला सतर्कता अपनाउनु पर्ने युनिसेफका पालिका स्तरका संयोजक सुमित्रा राईले बताईन ।
उक्त कार्यक्रममा सरसफाई क्षेत्रमा काम गर्ने खानेपानी तथा सरसफाई डिभिजन, सबल नेपाल, सेभ द सप्तरी, सप्तरी सामुदायिक बिकास केन्द्र लगायतका २५ जना स्वयमसेवकहरूको सहभागिता रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका रेणु कुमारी मण्डलले जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ