News Category 2076/04/14
दुई महिना बितिसक्दा पनि खेलकुदमा लगाइएको ताला खुलेन्, खेल गतिविधि ठप्प हुँदा ३५ लाख फ्रिज
दैनिक समाचारदाता
राजविराज, १४ साउन ।
जिल्ला खेलकुद विकास समिति सप्तरीको कार्यालयमा पदाधिकारीले नै दुई महिना अघि लगाएको ताला अझै खुल्न सकेको छैन् ।
खेलकुद समितिको कार्यालयमा लगाइएको ताला खुल्न नसक्दा दैनिकी कामकाजका साथै खेलकुद गतिविधि समेत ठप्प हुन पुगेको छ । जेठ ७ गते समितिका उपाध्यक्ष धिरेन्द्र बर्माको नेतृत्वमा लगाइएको ताला खोल्ने विषयमा सकारात्मक पहल हुन सकेको छैन् ।
कार्यालय संचालन हुन नसक्दा पूर्वाधार निर्माणका लागि आएको ३५ लाखको बजेट समेत फ्रिज भएपछि खेलाडी र खेल प्रेमि निरास भएका छन् ।
उपाध्यक्ष बर्माको नेतृत्वमा समितिका बहुमत पदाधिकारीले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने, अहिले सम्म सार्वजनिक नगरिएको २०७१ साल देखिको आयव्यय सार्वजनिक गर्नुपर्ने, समितिको खाता कार्यालय प्रमुख र कोषाध्यक्षको संयुक्त हस्ताक्षरबाट संचालन गर्नुपर्ने तथा कार्यालय प्रमुख दिनेश भुजेलको सरुवा गर्नुपर्ने लगायतका माग राख्दै समितिको मुख्य गेटमै तालाबन्दी गरिएको छ ।
यता कार्यालय प्रमुख भुजेलले ताला खोलाउन सम्बद्घ निकायले कुनै पहल नगरेपछि तथा खेल गतिविधि र कार्यालयको दैनिक कामकाज समेत ठप्प हुनुका साथै पूर्वाधार निर्माणका लागी आएको ३५ लाखको बजेट पनि फ्रिज भएको बताए ।
जिल्लाको कंचनरुप नगरपालिकामा निर्माण गरिने तय भएको मदन भण्डारी खेल ग्रामका लागी आएको २५ लाख र सप्तकोशी नगरपालिकामा कभर्डहल निर्माणका लागि आएको १० लाख गरी ३५ लाख रुपैया विवादकै कारण फ्रिज भएर गएकोले जिल्लाको खेलकुद क्षेत्रलाई ठुलो घाटा भएको उनको भनाई छ ।
समितिको पदाधिकारीहरुमा हाल दुई गुट देखिएको छ । कुल ११ सदस्यीय समितिमा अध्यक्ष खावासको पक्षमा दुई तथा उपाध्यक्ष बर्माको पक्षमा ९ जना उभिएका छन । एक पक्षले अध्यक्ष अमर खवास र कार्यालय प्रमुख भुजेलको संयुक्त हस्ताक्षरमा समितिको खाता संचालन हुुनुपर्ने अडान लिएका छन भने अर्को पक्षले कोषाध्यक्ष राजेश चौधरी र कार्यालय प्रमुखको संयुक्त हस्ताक्षरमा बैंक खाता संचालन हुनुपर्ने अडान लिएकै कारण विवाद सामाधान हुन नसके हो ।
यता उपाध्यक्ष बर्माले खेलकुद र खेलाडीको हितका लागी विभिन्न माग राखी ताला लगाएकोले राष्ट्रिय खेलकुद परिषदले जायज माग पुरा नगरेसम्म ताला नखोलिने अडान राखे । समिति भित्रको विवाद बारे पटक पटक राष्ट्रिय खेलकुद परिषदमा लिखित र मौखिक जानकारी गराउँदा पनि समस्या साधामनका लागी कुनै चासो नदेखाएको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ