News Category 2076/04/14
बाढीले तिलाठीवासीको घरमा जमेको लेदोका कारण जनजिवन कष्टकर
चन्दनकुमार यादब
राजविराज, १४ साउन ।
तिलाठीको पुर्विया टोलसहित अधिकांश घरमा बाढीमा बालुवाको लेदोसँगै जमेको पानीको निकास हुन नसक्दा बाढी पीडितहरूको जनजिवन अत्यन्त कष्टकर बन्दै गएको छ ।
खाडोमा आएको बाढीले त्यस बस्तीमा पानी पसेपछि अधिकांश घरमा भएको खाद्यान्न सामग्री नष्ट भएसँगै गाईबस्तुलाई राख्न समस्या भएको छ भने बाटोमा लेदो जमेपछि स्थानियलाई बाहिर निस्किन समेत समस्या भएको छ ।

बाढीपीडित पुष्पेश्वर झाले भने, “अहिले सम्म पालिकालगायत घरमा कुनै निकायले केही सहयोग गरेको छैन, ६ दिनदेखि घरमा खाने कुरा केही नभएपछि किनेर खाने गरेको छौं ।” यस्तै अर्का बाढीपीडित कल्पना झाले भनिन्, “यस बस्तीमा भएको क्षतिको अबस्था वारेमा गाउपालिका अध्यक्ष सतिशकुमार सिंह र वडा अध्यक्ष दिनेश्वर मिश्र हेर्ने पनि आएका छैनन् ।” उनले भनिन्, “घरमा जमेको लेदो र पानीले गर्दा घरवाट निष्किन सकेको छैन, ६ दिनदेखि अरूको घरमा खाना पकाएर खादैछु, बाहिर निस्किन पाएकी छैन ।”
खाडो नदिमा गत असाार २८ र श्रावण ८ गते आएको बाढीले तिलाठीकोईलाडीको वडा १ का २ सय ५० घर डुवानमा परेको थियो ।

मंगलवार तिलाठीको बाढी प्रभावित क्षेत्रमा जिल्ला बिपद ब्यबस्थापन समिति अन्तर्गत जिल्ला स्वास्थ्य क्षेत्रगत क्लस्टर समितिले बस्तीमै पुगेर स्थलगत निरिक्षण गर्ने क्रममा ती बाढीपीडितहरुले गुनासो गरेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख तथा जिल्ला स्वास्थ्य क्षेत्रगत संयोजक निरन्जन यादबको नेतृत्वमा तिलाठीकोईलाडी गाउपालीका तथा वडा १ स्थित तिलाठीको पुर्व बस्तीमा स्वास्थ्य, शिक्षा, सरसफाई, पशुको अबस्था, र कृषीको अबस्थाको वारेमा जानकारी लिएका थिए ।
तिलाठी गाउँपालीकाले बाढी प्रभाबित बस्तीमा तथ्यांक संकलन गर्ने कार्य अहिले सम्म गर्न सकिएको नसकिएको टोली सदस्य कोशीपीडित समाजका निर्देशक देब नारायण यादबले बताए ।
निरिक्षण टोलीले तिलाठीको पुर्विया बस्तीमा पुग्दा बाढीपीडित अनिल कुमार मिश्र, पुष्पेश्वर झा, चन्द्रनारायण झा, सतिशचन्द्र झा, महिनारायण मिश्र, मेहनारायण मिश्रर बाबुनारायण मिश्र, लालदेब मिश्र, योगेन्द्र मिश्ररले सहितको घरमा बाढीले अहिले पनि पानी जमेको छ । उनीहरूको घरमा सम्पुर्ण खाद्यान्न सामग्री नष्ट भएको छ ।
खाडो बाँध ठोस रूपमा बाध्न नसक्दा र प्राबिधिकहरूको लापरवाहीको कारण खाडो टुटेकोले योजना बनाउने त्यस्ता ईन्जिनियरलाई कारवाही हुनुपर्ने बाढीपीडित रत्नेश्वर लाल झाले माँग गरे । ठोस योजना बनाई खाडो बाधको दिर्घकालिन निर्माण गरी प्रत्येक बर्ष आउने बाढीवाट यस बस्तीलाई जोगाउनका लागि अनुगमन टोली सँग आग्रह गरेको प्रमुख निरन्जन यादबले बताए । हरेक वर्ष खाडोले डुवान गर्न थालेपछि सरकारले तटबन्ध बनाउन टेन्डर प्रक्रिया अगाडी बढाए पनि त्यसो हुन सकेको छैन् ।
यता खाडो नदी नियन्त्रण आयोजना राजविराजका इन्जिनयर कुलदीप यादवले स्थानीयले नै तटबनध निर्माण रोकेको आरोप लगाउँदै तटबन्ध निर्माण रोकिएपछि स्थानीय प्रशासन, राजनीतिक दलका नेता र स्थानीय बासिन्दाबीच पटक–पटक सार्वजनिक रूपमै छलफल चलाइए पनि निश्कर्ष निस्कन नसकेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ