News Category 2076/04/15
सप्तरीमा ८५ प्रतिशत धान रोपाई, बाढीका कारण ३ हजार २ सय हेक्टर जमिन डुवानमा

चन्दनकुमार यादव
राजविराज, १५ साउन ।
सप्तरीमा हालसम्म ८५ प्रतिशत खेती योग्य जमिनमा धान रोपाई भएको छ । यस वर्ष समयमा वर्षा भएका कारण साउनको दोस्रो सतासम्ममा ८५ प्रतिशत धान रोपाई भएको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ ।
केन्द्रका प्रमुख भागिरथ यादवले यस पटक बाढीका कारण खेती योग्य ३ हजार २ सय हेक्टर जमिन डुवानमा परेको बताउँदै ५९ हजार २०० हेक्टर जमीनमा धान रोपाइँ सम्पन्न भएको जानकारी दिएका छन् । सप्तरीमा सिंचित ४० हजार र असिंचित ३० हजार गरी कूल ७० हजार हेक्टर खेतीयोग्य जमीन रहेको उनले बताए ।
यस्तै असारको अन्तिम साता आएको बाढीका कारण खेतमा लगाइएको बेर्ना समेत डुवानमा परेकाले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका किसानहरु चिन्तित देखिन्छन् ।
यसअघि जिल्लामा उचित सिचाईको व्यवस्था तथा समयमा पानी नपर्नाले जिल्लाको अधिकांश स्थानमा खेतीयोग्य जमीन बाँझो हुने गरेको सो केन्द्रले जनाएको छ ।
यता जिल्लाको पूर्वी–दक्षिण क्षेत्रको केही जमीनमा सिँचाइ भए पनि पश्चिम र उत्तरी भेगका खेतीयोग्य जमीनहरू अझै बाँझै रहेको जानकारी दिए ।
त्यस्तै सप्तरीमा सिंचाइको उचित व्यवस्थापन नहुँदा जिल्लाको महदेवा, वोदेवरसाइन, सारस्वर, पातो, वरही वीरपुर, फुलकाही, कोदरकट्टी, भुतही, मानराजा, खडकपुर, अर्नाहा, ब्रह्मपुर, कविलासा, मलहनियाँ, मलहनमा, हर्दिया कटैया, रामपुर जमुवा, मोहनपुरलगायत पश्चिम र उत्तर क्षेत्रका केही स्थानमा यस वर्ष भारी वर्षा भएकाले सुख्खा रहेका खेतमा बाढीले पर्याप्त मात्रमा पानी भरिएपछि सो क्षेत्रमा अहिले धान रोपाइँ सम्पन्न भएको केन्द्रले तथ्याङ्क संकलन गरेको छ ।
यता कोशी पश्चिमी नहर, कोशी पम्प नहर र चन्द्र नहरमा पनि पर्याप्त पानी नभएका कारण तथा ती नहरहरूमा समयमा पानी नछाडिएका कारण समेत यहाँ धान रोपाइँ गर्न समस्या हुने गरेको कृषकहरुको गुनासो रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ