News Category 2076/04/16
बाढी प्रभावित बनरझुलामा ६ सय ४७ पशु चौपायाको प्राथमिक उपचार
दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
सप्तरीको तिलाठीकोईलाडी गाउपालिका वडा ५ बनरझुलाका बाढी प्रभाबित क्षेत्रमा नेभ्लाद्वारा बिहीबार एक दिने पशु स्वास्थ्य शिबिरको आयोजना गरिएको छ ।
नेपाल पारा भेटेरिनरी एण्ड लाईभष्टक एशोसिएशन सप्तरीद्वारा आयोजित तथा तिलाठी गाउपालिकाको संयोजनमा उक्त शिबिरको आयोजना गरिएको हो ।
शिबिरमा त्यस क्षेत्रका गाई, भैंसी, बाख्रामा बाझोपन, पेट बिग्रिन नदिन, घाउ लाग्न नदिन, भिटामिनको कमि, मिनरलको कमि, क्याल्सियमको कमि हुन नदिनको लागि पशुको उपचार गरि १ सय ६७ जना किसानलाई विभिन्न किसिमको औषधी बितरण गरिएको छ ।
बनरझुलाका ६ सय ४७ पशु चौपायाको प्राथमिक उपचार गरिएको छ भने ३ सय १७ वटा बाख्राहरूलाई रोग लाग्न नदिनका लागि सुई लगाईएको पशु चिकित्सक प्रमेश्वर यादबले जानकारी दिएका छन् ।
शिबिरमा राजबिराजसहित जिल्लाका बिभिन्न एग्रोभेट, केन्द्रिय नेभ्ला तथा जिल्लाको प्राबिधिकहरूको ३० हजार रकम बराबरको सहयोगमा पशुको औषधी बितरण गरिएको हो ।
उक्त स्वास्थ्य शिबिरमा पशु चिकित्सक प्रमेश्वर यादब, महेन्द्र यादब, अमरेन्द्र झा, रामकुमार यादब, बिराजी मेहता लगायतले पुस चौपायाँको उपचार गरेका थिए ।
बाढीको बेला गाई बस्तुहरूमा हुन सक्ने सम्भाबित रोगहरूवाट जोगाउनको लागि एक दिनको शिबिर आयोजना गरिएको पशु प्राबिधिक तथा नेपाल पारा भेटेनरी लाईफभष्ट एसोसिएसन प्रदेश २का ईन्चार्ज प्रमेश्वर यादबले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ