News Category 2076/04/17
हेल्प मधेशीद्वारा बाढी पीडितलाई शैक्षिक सामग्री बितरण

दैनिक समाचारदाता
राजविराज, १७ साउन ।
राजबिराज नगरपालिका २ का बाढी पीडित परिवारकालाई हेल्प मधेशी नेपाल परिवारद्वारा शैक्षिक अभियान अन्तर्गत शैक्षिक सामग्रीका लागी नगद हस्तान्तरण गरेको छ ।
शुक्रवार हेल्प मधेशी नेपालका सप्तरी अध्यक्ष रिना झाले राजदेबी टोलका अपांग डोमी मुखियाका दुई छोराछोरीलाई नगद २४ सयका दरले ४ हजार ८ सय रूपैया नगद सहयोग गरेको हो ।
सो अवसरमा जिल्ला समन्वय समिति सप्तरी सदस्य लक्ष्मी रजक, समाजसेबी डा. अबधकिशोर सिंह, पत्रकार चन्दनकुमार यादबको उपस्थितिमा रकम परिवारका सदस्यलाई हस्तान्तरण गरिएको अध्यक्ष रिना झाले बताईन ।
हेल्प मधेशी नेपालले मलेशिया, कतार लगायतका देशहरूमा रहेका आप्रवासी कामदार तथा जिल्लास्थित रहेका हेल्प मधेशीका अगुवाहरूद्वारा बिपतमा परेकालाई राहत बितरण गर्दै आएको छ भने संस्थाले शिक्षा अभियान पनि चलाउदै आएको झाले बताईन ।
हेल्प मधेशी नेपाल संस्थाले कंचनरूप नगरपालिका वडा १ स्थित बैरवा र राजबिराज नगरपालिका ५ का गरि ८२ जना बाढी पीडितलाई राहत बितरण गरिएको हो ।
त्यसैगरी हेल्प मधेशी नेपालले सप्तरीमा शैक्षिक अभियान अन्तर्गत महदेवा गाउपालिका २ ढिकुलीमा गरिव परिवारका २० जना, बोदेबरसाईन नगरपालिका बरसाईनमा १० जना वालवालीकाहरूलाई शैक्षिक सामग्री बितरण गरिएको झाले बताईन ।
यसैगरी डाक्नेश्वरी नगरपालिकाको गमहरिया प्रभाव का ४ अन्धो परिवारलाई ५१ हजार बरावरको खाद्यान्न समाग्री प्रदान गरिएको अध्यक्ष झाले बताईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ