News Category 2076/04/17
हेल्प मधेशीद्वारा बाढी पीडितलाई शैक्षिक सामग्री बितरण
दैनिक समाचारदाता
राजविराज, १७ साउन ।
राजबिराज नगरपालिका २ का बाढी पीडित परिवारकालाई हेल्प मधेशी नेपाल परिवारद्वारा शैक्षिक अभियान अन्तर्गत शैक्षिक सामग्रीका लागी नगद हस्तान्तरण गरेको छ ।
शुक्रवार हेल्प मधेशी नेपालका सप्तरी अध्यक्ष रिना झाले राजदेबी टोलका अपांग डोमी मुखियाका दुई छोराछोरीलाई नगद २४ सयका दरले ४ हजार ८ सय रूपैया नगद सहयोग गरेको हो ।
सो अवसरमा जिल्ला समन्वय समिति सप्तरी सदस्य लक्ष्मी रजक, समाजसेबी डा. अबधकिशोर सिंह, पत्रकार चन्दनकुमार यादबको उपस्थितिमा रकम परिवारका सदस्यलाई हस्तान्तरण गरिएको अध्यक्ष रिना झाले बताईन ।
हेल्प मधेशी नेपालले मलेशिया, कतार लगायतका देशहरूमा रहेका आप्रवासी कामदार तथा जिल्लास्थित रहेका हेल्प मधेशीका अगुवाहरूद्वारा बिपतमा परेकालाई राहत बितरण गर्दै आएको छ भने संस्थाले शिक्षा अभियान पनि चलाउदै आएको झाले बताईन ।
हेल्प मधेशी नेपाल संस्थाले कंचनरूप नगरपालिका वडा १ स्थित बैरवा र राजबिराज नगरपालिका ५ का गरि ८२ जना बाढी पीडितलाई राहत बितरण गरिएको हो ।
त्यसैगरी हेल्प मधेशी नेपालले सप्तरीमा शैक्षिक अभियान अन्तर्गत महदेवा गाउपालिका २ ढिकुलीमा गरिव परिवारका २० जना, बोदेबरसाईन नगरपालिका बरसाईनमा १० जना वालवालीकाहरूलाई शैक्षिक सामग्री बितरण गरिएको झाले बताईन ।
यसैगरी डाक्नेश्वरी नगरपालिकाको गमहरिया प्रभाव का ४ अन्धो परिवारलाई ५१ हजार बरावरको खाद्यान्न समाग्री प्रदान गरिएको अध्यक्ष झाले बताईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ