News Category 2076/04/17
उच्च अदालतको मुद्दा फर्छयोटमा उत्साहजनक प्रगति
दैनिक समाचारदाता
राजविराज, १७ साउन ।
उच्च अदालत जनकपुर राजविराज ईजलासका मुख्य न्यायाधिश तिलबहादुर श्रेष्ठले आ.ब. २०७५÷७६ मा मुद्दा फर्छयोटमा उत्साहजनक प्रगति भएको बताएका छन् ।
मुद्दा फर्छयोटमा उत्साहजनक प्रगति भएको भनदै उनले न्याय सम्पादन कार्य अझ छिटो, छरितो प्रभावकारी र सहज बनाउन विभिन्न योजना कार्यान्वयनमा ल्याउने घोषणा समेत गरे ।
उच्च अदालतले शुक्रबार आयोजना गरेको ‘नागरिक समाज तथा संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रम’ मा मुख्य न्यायाधिश श्रेष्ठले आर्थिक वर्ष २०७४÷७५ मा ३२ दशमलव ४४ प्रतिशत मुदा फर्छयोट गरेको यस ईजलासले आर्थिक वर्ष ०७५÷७६ मा ७२ दशमल ४० प्रतिशत मुद्दा फर्छयोट गर्न सफल भएको जानकारी दिए ।
आयोजित अन्तरक्रियामा अदालतले आर्थिक वर्ष २०७६÷७७ मा मुद्दा फर्छयोट कार्यलाई अझ तिब्रता प्रदान गर्नुका साथै सेवाग्राहीलाई छिटो छरितो न्याय सम्पादन सेवा दिन विभिन्न योजना अघि सारेको जनाएको छ ।
२०७४÷७५ मा सरेर आएको २ वर्ष नाघेका ५ सय ८९ मुद्दालाई फर्छयोट गरी २०७५÷७६ मा शुन्यमा झार्न सफल भएको जानकारी दिदै उनले भावी दिनमा पनि छिटो छरितो र प्रभावकारी न्यायसम्पादन कार्य सम्पन्न गर्न अदालतले श्रोत साधन र जनशक्तिको उच्चतम परिचालन गर्ने प्रतिबद्घता जनाए ।
उनले न्यायमा सर्वसाधारण सहज पहुच स्थापित गर्ने उदेश्यले आर्थिक वर्ष ०७६÷७७ मा निशुल्क कानूनी सहायता केन्द्रको स्थापना, कारागारभित्र न्यायीक शिविर, असक्त र बृद्घबृद्घाहरुको लागी अदालत सहयोगी सेवा, सेवाग्राहीको गुनासो सुनुवाईका लागी ‘मिट द जज कार्यक्रम, सूचना तथा सहयोग कक्ष तथा बार बेन्च बिचको सयन्त्र गठन लगायतको योजना कार्यान्वयनमा आउने जानकारी पनि दिए ।
न्याय सम्मको पहुचमा सर्वसाधारणको पहुच बृद्घि गर्ने उद्देश्यले जिल्लाको १८ मध्ये १२ ओटा स्थानिय तहमा पुगी ‘समुदायमा अदालत’ कार्यक्रम सम्पन्न गरी सकेको अदालतले बाँकी अन्य स्थानमा पनि सो कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई छ ।
न्यायधिश नारायण प्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा न्यायाधिश बिपुल न्योपाने रजिष्टार रोशण कुमार भट्टराई, बार एशोसिएसनका जिल्ला अध्यक्ष रामानन्द साह, पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, महिला अधिकारकर्मी आभासेतु सिंह लगायतपनि बोल्दै न्याय प्रणालीमा गर्नुपर्ने सुधार र न्यायमा सहजपहुँच स्थापित बारे आ–आफनो धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ