News Category 2076/04/18
बैद्य–प्रकाश मानव अधिकार पुरस्कारवाट मनोहर सम्मानित

राजविराज÷मानव अधिकार, प्रेस स्वतन्त्रता र सामाजिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको वापत मनोहरकुमार पोखरेल बैद्य–प्रकाश मानव अधिकार पुरस्कार २०७६ बाट सम्मानित भएका छन् ।
शनिवार एक कार्यक्रम बिच प्रदेश १ का नीति आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल तथा पुरस्कारका संस्थापक बैद्यनाथ झा र सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पोखरेललाई सम्मानित गरेका हुन् ।
राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा आयोजित समारोहमा स्व. प्रकाश काफ्लेको २७ औ स्मृति दिवसको अवसरमा पोखरेललाई दोसल्ला ओढाएर पुरस्कारस्वरुप तीन हजार पाँच सय पाँच रुपियाँ तथा सम्मान–पत्र प्रदान गरिएको पुरस्कार कोषका अध्यक्ष बैद्यनाथ झाले बताए ।
कार्यक्रममा प्रदेश सांसद गोबिन्द न्यौपानेले प्रेस स्वतन्त्रता र मानवअधिकारको लागि संघीय लोकतान्त्रिक गणतन्त्रको आवश्यकताको वकालत गर्दै विभिन्न राजनीतिक दल, पेशा र समुदायलाई एकताबद्ध बनाउन उनले खेलेको मध्यस्थकर्ता र नेतृत्वदायी भूमिकाको प्रशंशा गरे ।
नुवाकोटको घोप्टेभीरमा ०४९ साउन १६ गते भएको थाइ एयरबसको विमान दुर्घटनामा निधन भएका इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा चार वर्षदेखि सप्तरीमा मानव अधिकार र सामाजिक न्यायमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई सम्मान गरिँदै आएको छ ।
सो अवसरमा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य अबधेश झा, जिल्ला वार ईकाई सप्तरी अध्यक्ष डोमन साह, नागरिक समाजका थानसिंह भंसाली लगायतले मन्तव्य दिएका थिए ।
सम्मानित पोखरेल मानवअधिकार र सामाजिक न्यायको सुनिश्चितताका लागि तीन दशकदेखि सप्तरी जिल्लालाई कर्मथलो बनाउँदै अन्याय र उत्पीडनविरुद्ध कटिबद्ध भई मानवअधिकारका समसामयिक विषयका साथै आधारभूत तहका जनताको अधिकारका सवालमा कलम चलाउदै आएका छन् ।
इन्सेक प्रतिनिधिका रुपमा तीन पटक सर्वोत्कृष्ट र उत्कृष्ट पुरस्कारसहित सम्मानित पोखरेल २०४६ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुँदै दलित, महिला, बालबालिका र उत्पीडितहरुमा जागरण ल्याउन हरसम्भव प्रयास गर्दै पछाडि परेका वर्गको आर्थिक, सामाजिक सुरक्षाका साथै न्याय प्राप्तिका लागि निरन्तर संघर्षरत रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ