News Category 2076/04/18
मेलम्ची खानेपानी आयोजनामा शम्भुनाथका दाजुभाईको मृत्यु
राजविराज÷मेलम्ची खानेपानी आयोजना बालाजुमा कार्यरत सप्तरीका दुई कामदारको ट्यांक सफा गर्ने क्रममा मृत्यु भएको छ । दुबै कामदार दाजुभाई हुन् ।
शुक्रवार काठमाडौंको बालुजामा ट्यांक सफा गर्ने क्रममा चिप्लिएर लड्दा निसासिएर सप्तरीको शम्भुनाथ नगरपालिका २ कनकपटीका २३ वर्षका सुरेश साह र २१ वर्षका शिवकान्त साहको मृत्यु भएको स्थानिय रामचन्द्र साहले जानकारी दिएका छन ।
सो आयोजनामा बुवा रामबिलास साह एक महिनादेखी तथा सुरेश र शिवकान्त समेत १० दिनदेखी बुबासँगै काम गरिरहेका थिए । शुक्रवार बुवा पनि त्यही क्षेत्रमा काम गरिरहेका थिए ।
दुबै दाजुभाइ बिदेश जानका लागी नागरिकता बनाएर पासपार्ट समेत लगाई केही समय काम गर्नका लागी घरवाट १० दिन अगाडी मात्र काठमाडौ गएका थिए ।
दुई मात्र छोरा रहेकोले एक्कासी मृत्यु भएको खबर सुनेपछि आमा रामबति साह मुर्छित भएकी छिन । सुरेश र शिवकान्तको मृत्युको खवरले कनकपटी गाउँ नै शोकमा डुबेको छ । स्थानिय तथा वडा अध्यक्ष दुर्गानन्द भगतले दुबै दाजुभाई अत्यन्तै मिलनसार स्वभावका रहेको बताए ।
यता राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य दिनेश कुमार यादब सुरेश र शिवकान्तको घरमै पुगेर परिवारजनलाई सान्त्वना दिँदै भावपूर्ण श्रदाञ्जली व्यक्त गरेका छन् । उनले नेपाल सरकारसँग मृतक परिवारजनलाई क्षतिपुर्तिको दिन माँग समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ