News Category 2076/04/19
सहकारीलाई बैंकहरुसँग प्रतिष्पर्धा गर्न तयार रहन आग्रह
र्दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
जिल्ला सहकारी संघ सप्तरीका अध्यक्ष बिनोद दत्तले सहकारी संस्थाहरु आउँदो दिनमा बैंकहरुसँग प्रतिष्पर्धा गर्न तयार रहनुपर्ने बताएका छन् ।
राष्ट्रिय सहकारी बैंकको स्थापना तथा कारोबार शुभारम्भ दिवसको अवसरमा आइतबार राजविराजस्थित सो बैंकको कार्यालयमा आयोजित सहकारीका लागि विद्यमान कानुन अवसर र चुनौती विषयक शाखा स्तरिय गोष्ठीमा प्रमुख अतिथिको आसन्नबाट उनले सो कुरा बताएका हुन् ।
आयोजित गोष्ठीमा अध्यक्ष दत्तले संघमा आवद्धता नरहेका केही सहकारीहरुको कारण विगतमा सहकारी संस्थाहरुको बदनामी समेत भएको बताउँदै अबको दिनमा सहकारी संस्थाहरुले ऋणीहरुको सम्बद्र्धन र संरक्षण गर्नु आवश्यक रहेको बताए ।
कार्यक्रममा सहकारी बैंक राजविराजका संचालक एवं बैंकका केन्द्रिय सदस्य विश्वनाथ मण्डलले राष्ट्र बैंकले आइतबारदेखी लागु हुने गरि सहकारी संस्थाहरुले १६ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने प्रावधान गरेको जानकारी दिए । उनले हचुवाको तालमा राष्ट्र बैंकले दिएको निर्देशन पालना गर्न संस्थाहरुलाई समय समेत नदिएको प्रति आपत्ति समेत जनाए ।
सोही कार्यक्रममा बैंक शाखा समन्वय उपसमिति संयोजक सचिन्द्र दासले सहकारी संस्था स्वायत्त संस्था भएकोले राष्ट्र बैंकको निर्देशन तत्कालै पालना गर्न कठिनाई रहेको बताए । उनले सहकारी संस्थाको आफ्नै विधान र नियम रहने गर्दा यस्ता निर्देशनहरु पालना गर्न संस्थागत रुपमा विधान संशोधन, विशेष साधारणसभा लगायतकाबाट मात्र कुनै पनि नियम लागु गर्न मिल्ने उल्लेख गरे । उनले सहकारी संस्थाहरु समुदायसँग सोझो सरोकार राख्ने संस्था भएकोले यसमा सदस्यहरुले मात्र बचत तथा ऋण सम्बन्धी कारोबार गर्न मिल्ने उल्लेख गरे ।
कार्यक्रममा अधिकांश वक्ताहरुले राष्ट्र बैंकको निर्देशनप्रति आपत्ति जनाउँदै निर्देशक पालनाका लागि केही समय लाग्ने हुनाले राष्ट्र बैंकले निर्देशनप्रति पुर्नविचार गर्नुपर्ने जिकिर गरे ।
राष्ट्रिय सहकारी बैंक राजविराज शाखा समन्वय समिति संयोजक सचिन्द्र दासको अध्यक्षता तथा जिल्ला सहकारी संघ सप्तरीका अध्यक्ष बिनोद दत्तको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा राजविराज नगरपालिका शिक्षा समितिका प्रमुख मदन कुमार थापा, बैंकका केन्द्रिय सदस्य विश्वनाथ मण्डल, जिल्ला दुग्ध उत्पादन सहकारीका भुवन आचार्य, शाखा समन्वय उपसमितिका सदस्यहरु शम्भु बहादुर, शत्रुहन प्रसाद गुप्ता, अनोज कुमार, भगवती प्रसाद, ममता साह, नैना कुमारी यादव लगायतका वक्ताहरुले मन्तव्य दिएका थिए । सोही कार्यक्रममा बैंक सम्बन्धी बैंकका संचालक विश्वनाथ मण्डलले प्रस्तुतीकरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ