News Category 2076/04/20
विश्व स्तनपान दिवसमा जनचेतनामूलक कार्यक्रम
दैनिक समाचारदाता
राजविराज, २० साउन ।
आमाबुवाको सक्षमता स्तनपानको सफलता सँगै विश्व स्तनपान हप्ता दिवसको अवसरमा एक दिने जनचेतना मूलक कार्यक्रम गरिएको छ ।
राजबिराज नगरपालीका वडा नम्वर १६ बोरियाको आयोजनामा तथा स्वास्थ्य चौकीको सहकार्यमा विश्व स्तनपान हप्ता दिवस कार्यक्रममा वडा अध्यक्ष गुजाई दासले बच्चाको लागि आमाको दुध अमृतपान सरह रहेकोले हेल्चकराई नगरी नियमित खुवाउनुपर्नेमा जोड दिएका छन ।
वडा अध्यक्ष दासले बच्चा जन्मेको ६ महिना सम्म अनिवार्य आमाको दूध बच्चाको लागी सर्वोत्तम आहार रहेकोले ६ महिना पछि आमाको दूध सहित थप पौष्टिक आहारका खुवाउनु पर्नेमा जोड समेत दिए ।
यसैगरी राजबिराज नगरपालिका स्वास्थ्य सहसंयोजक शोभा साहले आमाहरूले बच्चालाई दूध खुवाउदा सही आसन प्रयोग गर्नुको साथै बच्चामा केन्द्रित भएर माग अनुसार स्तनपान गराउनुपर्ने बताईन ।
आमाले बच्चालाई दूध खुवाउदाँ सफी आसन प्रयोग नगरेका कारण बच्चाले पुर्णरूपमा स्तनपान गर्न नसक्दा धेरै रोग लाग्न सक्ने उनले बताईन् । बच्चालाई राती ८ पटक र दिनमा ४ पटक दूध गरी १२ पटक दूध खुवाउनुपर्ने उनले जानकारी दिइन् ।
राजबिराज नगरपालिका बहुक्षेत्रिय पोषणका रंजिता कुमारी यादबले बच्चालाई दुई बर्ष सम्म आमाले अनिवार्य दूध खुवाउनुपर्ने बताउदै बच्चालाई कुपोषित हुनवाट जोगाउन पोषणयुक्त खाना खुवाउनुपर्नेमा जोड दिइन् ।
बच्चालाई पुर्णरूपमा कुपोषित हुन नदिन, बच्चालाई ताकत दिनका लागी पोष्टिक खाना तथा भिटामिनहरू खुवाउनुको साथै सरसफाईमा ध्यानदिनुपर्ने, खाना खानु अगाडी र चर्पि प्रयोग गर्दा, खाना पकाउनु अगाडी हात धुनुपर्ने यादबले जानकारी दिइन् ।
उपस्वास्थ चौकी सखडाका मत्नेश्वर चौधरीले आमाको गर्भदेखी जन्मेको दुई बर्ष सम्म मै बच्चाको बृद्विबिकास ८० प्रतिशत हुने भएकोले आमाको अनिवार्य दुध नखुवाएमा बच्चाको बृद्वि बिकासमा नकरात्मक असर पर्ने, चिरचिराहत आउने, कराउने, विभिन्न किसिमको रोग लाग्न सक्ने बताए ।
सो अवसरमा राजबिराज नगरपालिका स्वास्थ्य सहसंयोजक शोभा यादब, स्वास्थ चौकी बोरियाका ईन्चार्ज फुल बाबु गुप्ता, स्वास्थकर्मी मत्नेश्वर चौधरी, राजबिराज नगर बहुक्षेत्रिय पोषणका रंजिताकुमारी यादब, अनमी चन्दाकुमारी यादबलगायतले स्तनपानको महत्व वारेमा सहजिकरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ