News Category 2076/04/20
कंचनको शवसहित आफन्तको प्रदर्शन, हत्या भएको भन्दै छानबिन र दोषिमाथी कारवाहीको माग, अनुसन्धानका लागि पति पक्राउ
दैनिक समाचारदाता
राजविराज, २० साउन ।
राजविराज नगरपालिका वडा नं. १० माइती भएकी २७ वर्षिया कंचन कुमारी यादवको हत्या भएको दाबी गर्दै माइती पक्षले सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडी शवसहित प्रदर्शन गरेका छन् । माइती पक्षले प्रदर्शनका क्रममा घटनाको छानबिन गरि दोषिमाथी कारवाहीको माग गरेका छन् ।
कंचनको मृत शरीर डाकनेश्वरी नगरपालिका १ स्थित आफ्नै घरको भान्सा कोठामा आइतबार झुण्डिएको अवस्थामा फेला परेको थियो । आइतबार दिउँसो धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कंचनको शव पोष्टमार्टमका लागि पठाइएको थियो । सोमबार बिहाने पोष्टमार्ट पश्चात् आफन्तजनले शव लिएर आएपछि राजविराजमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले घटनाका बारेमा सत्यतथ्य बुझि चाडोभन्दा चाडो छानबिन गरि दोषिमाथी कारवाही गर्न माग गरेका छन् ।
कंचनलाई श्रीमान् पक्षले कुटपिट गर्दै मारेको र त्यसपछि आत्महत्या देखाउन झुण्ड्याएको माइती पक्षको दाबी छ ।
मृतकका दाजु राजेन्द्र यादवका अनुसार घटनाको प्रकृती तथा शरीर भरि भएको घाउ चोटका आधारमा हत्या नै भएको संकेत देखाएको तथा हत्यालाई आत्महत्या देखाउन मृतकका पति अरबिन्द यादव र सासु, ससुराले मिलोमतो गरि कंचनलाई पासो लगाएर झुण्ड्याएका हुन् ।
राजविराज १० निवासी कंचनको दुई वर्षअघि डाकनेश्वरी नगरपालिका १ निवासी अरबिन्दसँग विवाह भएको थियो । सुरुका केही दिन राम्रै बितेपनि पछि गएर दुईबीचको सम्बन्ध चिसिदै गएको छिमेकीहरुको भनाई छ ।
केही दिन यता अरबिन्दको अर्कैै केटीसँग लसपस भएको र त्यो कुरा कंचनले चाल पाएपछि दुबैबीचको सम्बन्ध बिग्रिदै गएको छिमेकीहरुले बताएका छन् ।
“अर्कै केटीसँग प्रेममा फसेपछि उनैसँग विवाह गर्ने÷गराउने नियतले अरबिन्द र सासु, ससुराको मिलोमतोमा योजनाबद्ध ढंगले कंचनको हत्या भएको हो” दाजु राजेन्द्रको दाबी छ ।
घटनापछि मृतकका सासु ससुरा फरार छन् भने प्रहरीले मृतकका पति अरबिन्दलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा राखेको डिएसपी भावेश रिमालले जानकारी दिए ।
उनले अहिले नै हत्या वा आत्महत्या भनि सक्ने अवस्था नरहेको बताउँदै अरबिन्दलाई पक्राउ गरि बयान लिने काम भइरहेको जानकारी दिए । उनले पोष्टमार्टम रिपोर्ट आउन बाँकी नै रहेकोले अनुसन्धान र पोष्टमार्टम रिपोर्टको अध्ययन लगत्तै सत्यतथ्य चाडै सार्वजनिक गर्ने जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ