News Category 2076/04/22
तीन जिल्ला न्यायाधिशलाई बिदाई तथा सम्मान
दैनिक समाचारदाता
राजविराज, २१ साउन ।
सप्तरी जिल्ला बार इकाई राजविराजले जिल्ला अदालतका तीन जना न्यायाधिशलाई मंगलबार बिदाई तथा सम्मान गरेको छ ।
जिल्ला न्यायाधिशत्रय हरिशचन्द्र ढुंगाना, कमल प्रसाद ज्ञवाली र दण्डपानी लामिछानेको सरुवा भएपछि बारले एक कार्यक्रमबीच उनीहरुलाई बिदाईका साथ सम्मान गरेको हो ।
जिल्ला बारको भवनमा आयोजित कार्यक्रममा सरुवा भएका न्यायाधिश हरिशचन्द्र ढुंगानाले जागिर अवधीको सप्तरी बसाईका क्रममा न्याय सम्पादनमा केन्द्रित भएर आफूहरुले काम गरेको बताउँदै न्यायपालिकाप्रति अहिले जनआस्था बढेको दाबी गरे ।
उनले आफ्नो कार्यकालमा न्यायसम्पादनलाई चुस्तदुरुस्त र पारदर्शी गर्न सक्दो प्रयास गरेको बताए ।
आयोजित जिल्ला कार्यक्रममा न्यायाधिशहरुले निष्पक्ष न्याय सम्पादन कार्यमा छिटोछरितो तथा बिना भेद्भाव जनतालाई न्याय दिलाउन पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको जिल्ला बार ईकाई अध्यक्ष डोमन साहले बताए ।
बारका अध्यक्ष साहको अध्यक्षतमा आयोजित कार्यक्रममा अधिबक्ताहरु कृपानारायण यादब, सुरेन्द्र प्रसाद यादब, रामकुमार यादब, ग्रीषचन्द्र झा, भुपेन्द्र नारायण मण्डल, महेश्वर साह, केशव दास, उच्च अदालत बार इकाईका अध्यक्ष रामानन्द साह, लगायतले न्यायमा जनताको पहँुच अभिबृद्वीसँगै अदालतको कार्यक्षेत्रका न्यायमा पहुँचका अबरोधहरूको संबोधन गर्नुको साथै अदालतवाट प्रभाव हुने सेवालाई गुणस्तरिय र प्रभाबकारी बनाउनु अहिले आबश्यकता रहेको बताए ।
सो अवसरमा न्यायाधिशत्रयलाई जिल्ला बारका अध्यक्ष डोमन साहले गम्छा ओढाएर मायाको चिनो प्रदान गरि सम्मान समेत गरे ।
यसअघि न्यायाधिश श्रीप्रसाद संजेल समेतलाई बारले बिदाई तथा सम्मान गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ