News Category 2076/04/22
दलित आरक्षण हासिल गरेकोप्रति आभार व्यक्त
दैनिक समाचारदाता
राजविराज, २१ साउन ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत किशोर कुमार रामले दलित सरोकार मञ्च नेपालले प्रदेश २ सरकारसँग लडेर दलित समुदायहरुको जनसंख्याका आघारमा आरक्षण हासिल गरेकोमा सह्यानिय कार्य भएको बताएका छन् ।
उनले दलितमा पनि अतिविपन्न डोम, मुसहर समुदायहरुलाई स्थानीय सरकारमा पहँुचका लागि गरेको कार्य प्रति शुभकामना समेत दिए ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा बेल्थ हङ्गरहेलफेको प्राविधिक सहयोगमा आसमान नेपालको अगुवाईमा मंगलबार दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजनामा समावेशी लोकतन्त्र तथा नागरिक सशक्तिकरणको प्रबद्र्धन परियोजना अन्र्तगत परिचयात्मक तथा जिल्लास्तरीय समन्वय बैठकमा सो कुरा बताएका हुन् ।
सोही बैंठकमा दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यकारी निर्देशक भोला पासवानले मञ्चद्वारा प्रदेश सरकारसँग दलित समुदायका लागि अधिकार प्राप्ती, प्रदेश सरकारले बनाएका नीति नियम तथा कानुन दलितमैत्री बनाउन दवाव, तथ्यमा आधारित गतिविधि बारे जानकारी गराएका छन् ।
त्यस्तै बैठकमा मञ्चका जिल्ला संयोजक राजकुमार पासवानले सप्तरीको राजगढ र बिष्णुपुर गाउँपालिकामा समावेशी लोकतन्त्र तथा नागरिक सशक्तिकरणको प्रबद्र्धन परियोजनामार्फत अतिविपन्न, सिमान्कृत तथा डोम, मुसहर तथा मुस्लिमलगायत अन्य समुदायहरुलाई स्थानीय सरकार पहुँच पुप्याउने बताए ।
बैंठकद्वारा समावेशी लोकतन्त्र तथा नागरिक सशक्तिकरणको प्रबद्र्धन परियोजना अन्र्तगत चार बर्षका लागि सप्तरीको राजगढ र बिष्णुपुर गाउँपालिकामा गरिने गतिविधि, सल्लाह, सुझाव तथा निगरानी गर्न जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको संयोजकत्वमा ९ सदस्यीय जिल्ला परियोजना सल्लाहकार समिति गठन गरिएको छ ।
सो सल्लाहकार समितिका सदस्यहरुमा बिष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादव, राजगढ गाउँपालिकाका अध्यक्ष परमानन्द यादव, जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत किशोर कुमार राम, गैरसरकारी महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, जिल्ला जनस्वास्थ्य अधिकृत तथा प्रमुख निरञ्जन यादव, शिक्षा विकाश तथा समन्वय एकाई सप्तरीका शिक्षा अधिकारी फविण्द्र खत्री, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, पशु सेवा विज्ञ सम्र्पक कार्यालय राजविराजका सुर्यनारायण शर्मा र सदस्य सचिवमा दलित सरोकार मञ्चका जिल्ला संयोजक राजकुमार पासवान रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ