News Category 2076/04/22
मिथिला देवघर साइकल यात्रा २०७६ सुरु
दैनिक समाचारदाता
राजविराज, २१ साउन ।
सप्तरीबाट भारतको देवघरकालागि मिथिला देवघर साइकल यात्रा २०७६ मंगलबारदेखी शुभारम्भ भएको छ ।
मिथिला साहित्य कला प्रतिष्ठानको आयोजना तथा मैथिली साहित्य परिषद् राजविराजको संयोजनमा ३२ जना साइकलयात्रीहरु देवघरतर्फ प्रस्थान गरेका हुन् ।
मैथिली भाषा, साहित्य, कला–संस्कृतिको उन्नयनमा योगदान पु¥याउने उद्देश्यका साथ सो साइकल यात्रा सुरु भएको हो ।
राजविराजबाट ३ सय ३८ किलोमीटरको दुरीमा रहेको देवघर यात्राकालागि १५ दिनको समय तय गरिएको जनाइएको छ ।
सप्तरीको बिरपुरको गाउँबाट डिहबार थानमा पूजाआजा गरी सदरमुकाम राजविराज आईपुगेको साइकल यात्रीहरुलाई मैथिली भवनमा आयोजित एक कार्यक्रमका बीच अभिनन्दन गर्दै विदाई गरिएको हो ।
साइकलयात्रीहरुको टोलीलाई विदाई गर्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धीरेन्द्र प्रेमर्षीले मातृभाषा मैथिलीको प्रचार–प्रसार तथा नेपाल–भारतका मैथिलीभाषी बीचको सम्वन्ध विस्तार हुने विश्वास व्यक्त गरे । मैथिली र मिथिलाको झण्डा अराध्यदेव पशुपतिनाथको देशबाट देवघरसम्मको यात्रा गर्नु सराहनीय रहेको उनले बताए ।
कार्यक्रममा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष प्रा. अमरकान्त झा, पूर्व अध्यक्ष एवम् लेखक देवेन्द्र मिश्र, पूर्व अध्यक्ष शुभचन्द्र झा, परिषद्का अध्यक्ष अशोक कुमार झा, अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष करुणा झा, सखी बहिनपाकी अध्यक्ष आरती झा, नेपाल निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष अजय कुमार झा, मैथिली साहित्य साहित्य परिषद्का सचिव समेत रहेका नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, वडा अध्यक्ष विनोद कुमार यादव, सङ्गोर मिथिलाका तेजु मैथिल, समाजसेवी ललन कुमार यादव, कवि किरण झा लगायतले यात्रा सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरे ।
सम्भवतः नेपालमै पहिलोपटक सामुहिक रुपमा ‘मिथिला देवघर साइकल यात्रा शुभारम्भ भएको हो । उक्त यात्राकालागि छिन्नमस्ता एजुकेशनल एकेडेमी राजविराज, चर्चित मैथिली अभियानी एवम् गायिका रुपा झा, प्रा. अशोक कुमार झा, बरही बीरपुरका समाजसेवी ललन कुमार यादव, विनोद कुमार यादव लगायतले सहयोग गरेका छन् ।
विश्वको सरल, मिठास एवम् समृद्ध मानिएको मैथिली भाषाको विषयमा थप प्रचार–प्रसार तथा एक–आपसमा सम्वन्ध विस्तारका साथै मैथिली लोकगायन परम्परा एवम् शैलीको आदान–प्रदान र मैथिली भाषा, साहित्य, कला, संस्कृती समेतको क्षेत्रमा जागरण ल्याउने उद्देश्यका साथ यात्रा प्रारम्भ गरिएको यात्राका संयोजक सुभाष बिरपुरियाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ