News Category 2076/04/22
कोशी पीडितहरुको आन्दोलनमा राजनीतिक दलको समर्थन
.jpg)
दैनिक समाचारदाता
राजविराज, २१ साउन ।
सप्तकोशी निमार्णका क्रममा भारत सरकारले अधिग्रहण गरेको हजारौं विगहा नम्बरी जग्गाको मुआब्जा बर्षौ वितिसक्दा समेत नपाएको भन्दै कोशी पीडितहरुले घोषणा गरेको आन्दोलनमा सप्तरीका राजनीतिक दलहरु समर्थन जनाएका छन् ।
मुआब्जाका लागि कोशी पीडितहरुको तीन पुस्ता बितिसक्दा समेत भारत सरकारले कुनै पहल नगरेको भन्दै विगत लामो समयदेखी उनीहरु आन्दोलित हुँदै आएका छन् ।
सप्तरी सदरमुकाम राजविराजमा मंगलबार आन्दोलन कार्यक्रमबारे जानकारी दिने उद्देश्यले कोशी नदी कटान डुवान पीडित संघर्ष समिति सप्तरी, सुनसरी र उदयपुरद्वारा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा राजनीतिक दलहरुका प्रतिनिधिहरुले सो समर्थन जनाएका हुन ।
सो पत्रकार सम्मेलनमा सहभागी नेकपा, नेपाली काँग्रेस, समाजवादी पार्टी, राजपा, नेमकिपा, राप्रपा लगायत दलका प्रतिनिधिहरुले कोशी पीडितहरुको जायज माग पुरा गराउन सारेको आन्दोलन कार्यक्रममा सहयोग गर्ने प्रतिबद्घता जनाए ।
मुआब्जाका लागि दशकौंदेखि संघर्षरत कोशी पीडितहरुले तिन पुस्ता वितिसक्दा पनि अझै मुआब्जा पाउन नसकेको भन्दै विभिन्न सात बुँदे माग सहित गत १३ साउनमा राजविराजमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।
नेकपामा मानपुर चौधरी नेपाली काँग्रेसका रामकुमार यादव राजपका अमरनाथ मण्डल लगायतका नेताले कोशी पीडितको आन्दोलनमा काँधमा काँध मिलाएर अघि बढने प्रतिबद्घता जनाए ।
कोशी नदी कटान डुवान पिडित संघर्ष समिति सप्तरी, सुनसरी र उदयपुरको तर्फबाट संयुक्त रुपमा प्रधानमन्त्रीलाई पठाईएको ज्ञापन पत्रमा नेपाल भारत विचको सम्झौता कार्यान्वयन हुुनपर्ने, कोशी प्रभावित परिवारका लागि विद्यालय र अस्पताल खोल्नु पर्ने, सप्तकोशीको बाढीले पुर्याएको क्षति तथा सप्तकोशी नदीमा पुल निर्माणका क्रममा भारत सरकारले अधिग्रहण गरेको सप्तरी, सुनसरी र उदयपुर बासीको हजारौं विगहा नम्बरी जग्गाको मुआब्जा उपलब्ध गराउनु पर्ने माग गरिएको थियो ।
सोही ज्ञापनपत्र मार्फत माग पुरा गराउन ठोस पहल नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिएको थियो । तर ज्ञापनपत्र उपर हाल सम्म कुनै चासो नदेखाएकाले बाध्य भई आन्दोलनमा जानु परेको पत्रकार सम्मेलनमा कोशी नदी कटान डुवान पीडित संघर्ष समिति सप्तरी, सुनसरी र उदयपुरका संयोजक महिदेव चौधरीले बताए ।
समितिद्वारा पत्रकार सम्मेलनमा घोषित आन्दोलन कार्यक्रम अनुसार ३२ साउनमा बिहानै देखि प्रदेश नं. १ को सुनसरी र प्रदेश २ को सप्तरी बिच रहेको कोशी ब्यारेज खण्डमा विशाल विरोध सभा, चक्का जाम, धर्ना र रिले अनसन लगायतका कार्यक्रम गरिने जानकारी दिइएको छ ।
राजनीतिक दलहरुको समर्थन पाएपछि संयोजक चौधरीले यस पटकको आन्दोलन भावी पुस्ताले फेरी पनि आन्दोलन गर्न नपरोस भन्ने ढंगले अघि बढ्ने र निर्णायक हुने उद्घोष गरे ।
सन् १९४४ मा सप्तरी र सुनसरीको सिमानामा भारत सरकारद्वारा सप्तकोशी नदीमा ५६ ढोका सहित कोशी ब्यारेज पुल निर्माण गरिएको थियो । सो क्रममा भारत सरकारले अधिग्रहण गरेको स्थानियबासीको हजारौं विगहा जग्गाको मुआब्जा हाल सम्म पीडिहरुले पाउन सकेका छैनन् ।
यस बाहेक प्रत्येक वर्ष बर्षायाममा सुनसरीको चतरादेखि सप्तरीको रम्पुरा मल्हनिया सम्मको ४८ हजार विगहामा लगाईएको बालीनाली र विभिन्न खाद्यान्न बाली कोशीको पानीले डुबाउने गरेको कोशी पीडितहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ