News Category 2076/04/22
बुहारी हत्याको आरोपमा पक्राउ परेका सासु ससुरामाथी मुद्दा चलाइयो
दैनिक समाचारदाता
राजविराज, २२ साउन ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ३ मा आफ्नै बुहारीको हत्या गरेको आरोपमा पक्राउ परेका सासु–ससुरामाथी कर्तव्य ज्यान मुद्दा अन्तरगत कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
१९ वर्षिया बुहारी रन्जु यादवको हत्या गरेको आरोपमा ५५ वर्षिय ससुरा महेन्द्र यादव र ४५ वर्षिया सासु लिलादेवीमाथी प्रहरीले बुधबार जिल्ला अदालत सप्तरीबाट म्याद थप गरि कर्तव्य ज्यान मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिएका छन् ।
मृतक रन्जुका दाजु रामसेवक यादवको जाहेरी तथा घटना मुचुल्का र प्राप्त विभिन्न सूचनाका आधारमा मंगलबार प्रहरीले दुबैलाई पक्राउ गरेको थियो ।
गत साउन ५ गते रन्जुको शंकास्पद मृत्यु भएको थियो । सासु, ससुरासँग सम्बन्ध बिग्रिएका कारण छुटिएर रन्जु र उनका पति दिनेश गाउँमै अर्को घरमा भाडामा कोठा लिई बस्दै आएका थिए ।
प्रहरीका अनुसार घटनाका दिन रन्जु घरमा एक्लै थिइन् । पति दिनेश कामका शिलशिलामा बजारतर्फ गएका थिए । घरमा कोही नभएको बेला पुगेका सासु ससुरासँग भएको विवाद र कुटपिटका क्रममा रन्जुको ज्यान गएको अनुसन्धानको क्रममा खुलेको डिएसपी रिमालले जानकारी दिए ।
घटना लुकाउन सासु ससुराले नै एक्कासी बेहोस भएको भन्दै उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु¥याएका थिए । तर, चिकित्सकले रन्जुलाई मृत घोषणा गरेका थिए । घाँटी र शरीरमा देखिएको घाँउ, चोट, मृत्युको प्रकृति र घटनास्थलबाट प्राप्त विवरणहरुले त्यो मृत्यु नभई हत्या भएकोतर्फ संकेत गर्दछ, डिएसी रिमालको भनाई छ ।
यसअघि तीन दिन अघि मात्र सप्तरीको डाकनेश्वरी नगरपालिका १ की २६ वर्षिया कंचनकुमारी यादवको रहस्यमय मृत्यु भएको थियो । उनको पनि सासु, ससुरा र पतिले मिलेर हत्या गरेको आरोप लगाउँदै अघिल्लो दिन मात्र आफन्तले शवसहित प्रदर्शन गरेका थिए ।
सो घटनाका आरोपी पति अरबिन्द पक्राउ परेपनि सासु र ससुरा भने अझै फरार छन् । पछिल्लो केही दिन यता सप्तरीमा महिला हिंसाका घटना बढेपछि प्रहरीको टाउँको दुखाईको विषय बनेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ