News Category 2076/04/24
६ इन्च बाँसको ठुटो रोपिएर आन्द्रा भुँडी बाहिर निस्केको बालकको सफल शल्यक्रिया
नवीनकुमार गुप्ता
राजविराज, २४ साउन ।
कुनै बेला बिरामीहरुको रेफर सेन्टरको रुपमा परिचित राजविराजनस्थित गजेन्द्र नारायण सिंह अस्पताल अहिले विग्रेको आफ्नो छविलाई सुधार गर्दै स्वास्थ्य उपचार सेवामा उत्कृष्ट पहिचान बनाउन लागिपरेको छ ।
६ इन्च बाँसको ठुटो पेटमा रोपिएर आन्द्रा भुँडी बाहिर निस्केको एक ८ वर्षिय बालकको यस अस्पतालमा सफल शल्यक्रिया भएपछि अहिले धन्यवादको पात्र बनेको छ ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा बिहीबार दिउँसो ४ बजेतिर आन्द्रा भुँडी निस्केको एक बालक उपचारका लागि आएका थिए । सो बालकको इमरजेन्सीमा प्राथमिक उपचार पश्चात् अपरेशन थिएटरमा लगेर डा. राजिव मिश्र र डा. पारशमणी साहलगायतको टोलीको झण्डै चार घण्टाको अथक प्रयासपछि सफल शल्यक्रिया गर्न सफल भए । फलस्वरुप ती ८ वर्षिय बालकको ज्यान जोगियो ।

बाँसको ठुटो रोपिएर आन्द्रा, भुँडी बाहिर निस्केको सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ का ८ वर्षिय बालक तफरेज आलमको सफल शल्यक्रिया पश्चात् ज्यान जोगिएको हो । उनी बिहीबार दिउँसो ३ बजेतिर शौचका लागि जान लाग्दा घरको छतबाट चिप्लिएर तल रहेको बाँसधारीमा बाँसको ठुटोमा परेका थिए ।
ठुटो पेटमा रोपिएर आन्द्रा, भुँडी बाहिर निस्किएपछि आफन्तले तत्कालै मोटरसाइकलमा राखेर सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याएका थिए ।
वरिष्ट कन्सल्टेन्ट जेनरल सर्जन डा. राजिव मिश्रा, एनेशथेसिया विभागका प्रमुख डा. पारशमणी शाह, डा. शशांक यादव, डा. गोपाल यादव, एनेशथेसिया सहायक विपिन देवलगायतका चिकित्सक टोलीले सफल शल्यक्रिया गरि बालकको ज्यान जोगाएका हुन् ।

डा. मिश्राका अनुसार, शल्यक्रियाका लागि चार घण्टाको समय लागेको थियो । आन्द्रा भँुडी बाहिर निस्किएको गम्भिर अवस्थाका बालकको क्षतविक्षत बनेको २० सेन्टिमिटर आन्द्रा भुँडी काटेर सफल शल्यक्रिया गरि बचाउन सकेकोमा निकै आत्मसन्तुष्टि मिलेको उनको भनाई छ । उनले बालकको उपचारमा संलग्न पुरै टिम धन्यवादको पात्र रहेको बताए ।
यता शल्यक्रिया सफल भई शुक्रबार बालक होसमा आएपछि आफन्तहरु पनि निकै खुशी भएका छन् । “अप्रेशन सफल हुने हो की होइन्, भन्ने निकै डर थियो” घाइते बालककी आमा सबनम खातुनले भनिन्, “डाक्टरहरुको प्रयास सफल भयो, ज्यान बच्यो, धेरै खुशी भएका छौं ।”

तीन महिना अघि पनि यस अस्पतालमा घाँस काट्ने हसिया पेटको वारपार भएका एक बालकको डा. मिश्र नेतृत्वकै चिकित्सक टोलीले सफल शल्यक्रिया गरि ज्यान जोगाएका थिए ।
यस्तै केही महिनाअघि मात्र सिभियर निमोनियाँ रोगबाट पीडित तीन महिने बालकको शिशु रोग विशेषज्ञ डा. ललन प्रसाद रौनियारले सिपिएपी उपकरणको सहायताले सफल उपचार गरि ज्यान जोगाएका थिए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले अस्पतालमा अहिले देखिएका सुधार सामूहिक प्रयासले मात्र सम्भव भएको बताए । आवश्यक दक्षजनशक्ति र भौतिक पूर्वाधारको उपलब्धता तथा प्राप्त श्रोत साधनको उचित परिचालनले यस्तो सुधार सम्भव भएको डा. दासको भनाई छ ।
भावी दिनमा स्वास्थ्य सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन आइसियु र सिटी स्क्यानको सेवा पनि उपलब्ध गराउन लागि परेको उनले जानकारी दिए ।
यस अस्पतालका चिकित्सकले गम्भिर प्रकृतीको बिरामीको उपचारमा एकपछि अर्को सफलता हात पार्दै गएपछि बिरामीको विश्वास पनि जित्दै गएको स्थानियको भनाई छ । कुनै बेला सामान्य बिरामी पर्दा पनि महँगो खर्च ब्यहोरेर धरान, बिराटनगर र भारतको विभिन्न अस्पतालमा धाउने यहाँका बासिन्दाले उपचारमा बढोत्तरी भएपछि केही राहत पाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ