News Category 2076/04/26
बकरईदको अवसरमा आज प्रदेश २ मा सार्वजनिक विदा
दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
इस्लाम धर्मालबम्बीहरुको महान चाड बकरईद र्पवको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक विदा दिएको छ ।
आईतबार बसेको प्रदेश २ सरकारको मन्त्री परिषद् बैठकले साउन २७ गते सोमबार बकरईदको अवसरमा सार्वजनिक विदाको निर्णय गरेको हो ।
प्रदेश २ सरकारले इस्लाम धर्मालबम्बीहरुको महान चाड ईद उल अजाह अर्थात बकरईदको अवसरमा प्रदेश, देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण इस्लाम धर्मालबम्बीहरुमा हार्दिक शुभकामना व्यक्त गरेको छ ।
महान पर्वले प्रदेश नं. २ का मुलुकमै भाइचारा, सुख शान्ति अभिवृिद्धको कामना गर्दै भाइचारको महत्वपूर्ण पर्व इद उल अजाह हर्षोल्लासपूर्वक धूमधामले मनाउने उद्देश्यले सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री लालबाबुु राउतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
इस्लाम धर्मावलम्बीको बकरिद रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजानको ७०औँ दिनमा मनाइने यो पर्वमा आर्थिक रूपमा सवल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमान समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् ।
बलि दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफै खाने धार्मिक मान्यता छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ