News Category 2076/04/27
इतिहासविद् दासको निधन
दैनिक समाचारदाता
राजविराज, २७ साउन ।
इतिहासविद् हरिकान्त लाल दासको ७८ वर्षको उमेरमा सोमवार दिउँसो निधन भएको छ ।
महेन्द्र विन्देश्वरी वहुमुखि क्याम्पस राजविराजका अवकाशप्राप्त इतिहास तथा संस्कृति विभाग प्रमुख सह–प्राध्यापक दासको आफ्नै निवासमा निधन भएको हो । उनी त्रिभुवन विश्व विद्यालयमा ३७ वर्षसम्म सेवा गरी अवकाश जिवनयापन गर्दैआइरहेका थिए ।
राजविराज वडा नं. ८ निवासी स्व. दास विगत केही वर्षदेखि मधुमेह र हृदयरोगबाट पीडित रहँदै आएका थिए ।
इतिहासविद् दासका धर्मपत्नी विद्या देवी दास, दुई छोरी अर्चना, अञ्जली र एक छोरा सन्दीप छन् । उनको अन्तिम संस्कार पैतृक गाउँ गढियामा मंगलबार विहान गरिने धर्मपत्नी विद्या देवीले जानकारी दिएकी छिन् ।
सप्तरीका साथै मिथिला क्षेत्रको धार्मिक, ऐतिहासिक एवम् प्राचीन इतिहासबारे गहन अध्ययन अनुसन्धान गरेका उनको आधा दर्जन भन्दा बढी कृतिहरु प्रकाशित छन् ।
उनको पहिलो कृतिको रुपमा ‘सप्तरीको राजनीतिक इतिहास एवम् प्रमुख धार्मिक स्थलहरु’ २०५८ सालमा प्रकाशन भएको थियो । यस्तै साझा प्रकाशनबाट उनको २०६७ सालमा ‘सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरु’ नामक पुस्तक प्रकाशित छन् ।
उनको अर्को कृति ‘सप्तरी जिल्लाका प्रमुख सांस्कृतिक स्थलहरु एक अध्ययन’ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट २०६० सालमा प्रकाशित भएको थियो ।
यस बाहेक प्राचीन विदेह, सिम्रौनगढ, सेनवंशी शासनकाललगायतका विषयमा समेत उनको अध्ययन अनुसन्धान तथा शोधहरु पूर्णिमा, वाणी, आँगनलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पत्रपत्रिकाहरुमा समेत नेपाली र मैथिली भाषामा प्रकाशन छन् ।
गहन अध्ययन–अनुसन्धान एवम् शोध तथा कृति प्रकाशन वापत एक दर्जनभन्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवम् सम्मान प्राप्त गरेका छन् । मैथिली साहित्य परिषद् र चित्रगुप्त सेवा समितिको पूर्व अध्यक्ष समेत रहेका उनी लेखनमा सक्रिय रहँदैआएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ