News Category 2076/04/28
आगलागीमा पाँच घर नष्ट दश लाख बराबरको क्षति
दैनिक समाचारदाता
राजविराज, २८ साउन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित सकरपुरामा मंगलबार दिउँसो आगलागी हुदा पाँच वटा घर जलेर नष्ट भएका छन । सो आगलागि खाना पकाउने क्रममा भएको जनाइएको छ । तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ३ सकरपुराका महन्थी मुखिँयाको घरमा आगलागी हुदा निजको ३ वटा घर जलेको छ भने छिमेकी देबीलाल मुखिँयाको दुई वटा घर नलेर नष्ट भएको गाउँपालिका अध्यक्ष सतिश कुमार सिँहले जानकारी दिएका छन् ।
.jpg)
सो आगलागीबाट घर भित्र रहेको खद्यान्न, अन्नपात, भडावर्तन, लत्ताकपडा, टेबुल, कुर्सी तथा फर्निचर लगायत नगद जिन्सी गरि करिब दश लाख मुल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगोलाई स्थानियबासी हनुमाननगरबाट गएको बरुण यन्त्र तथा शसस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको गाउँपालिका अध्यक्ष सिंहले बताए ।
यसैबीच अग्नीपीडितहरुलाई गाउँपालिकाको तर्फबाट तत्कालै राहत वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह, वडा नं. ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी र गाउँपालिकाका विपद् जोखिम न्युनीकरण अधिकृत राजेश कुमार झाले संयुक्त रुपमा अग्नीपीडित दुवै परिवारलाई राहत प्रदान गरेका हुन् ।
तत्काल खानका लागि १०÷१० किलो मुरही, ५÷५ किलो च्यूरा, दुई÷दुई थान त्रिपाल, १० लिटरको बाल्टिन, मग, एक÷एक किलो भुजिया, एक÷एक किलो नुन, एक÷एक दर्जन बिस्कुट वितरण गरिएको गाउँपालिकाका विपद् जोखिम न्युनीकरण अधिकृत राजेशकुमार झाले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ