News Category 2076/04/28
आगलागीमा पाँच घर नष्ट दश लाख बराबरको क्षति

दैनिक समाचारदाता
राजविराज, २८ साउन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित सकरपुरामा मंगलबार दिउँसो आगलागी हुदा पाँच वटा घर जलेर नष्ट भएका छन । सो आगलागि खाना पकाउने क्रममा भएको जनाइएको छ । तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ३ सकरपुराका महन्थी मुखिँयाको घरमा आगलागी हुदा निजको ३ वटा घर जलेको छ भने छिमेकी देबीलाल मुखिँयाको दुई वटा घर नलेर नष्ट भएको गाउँपालिका अध्यक्ष सतिश कुमार सिँहले जानकारी दिएका छन् ।
सो आगलागीबाट घर भित्र रहेको खद्यान्न, अन्नपात, भडावर्तन, लत्ताकपडा, टेबुल, कुर्सी तथा फर्निचर लगायत नगद जिन्सी गरि करिब दश लाख मुल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगोलाई स्थानियबासी हनुमाननगरबाट गएको बरुण यन्त्र तथा शसस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको गाउँपालिका अध्यक्ष सिंहले बताए ।
यसैबीच अग्नीपीडितहरुलाई गाउँपालिकाको तर्फबाट तत्कालै राहत वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह, वडा नं. ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी र गाउँपालिकाका विपद् जोखिम न्युनीकरण अधिकृत राजेश कुमार झाले संयुक्त रुपमा अग्नीपीडित दुवै परिवारलाई राहत प्रदान गरेका हुन् ।
तत्काल खानका लागि १०÷१० किलो मुरही, ५÷५ किलो च्यूरा, दुई÷दुई थान त्रिपाल, १० लिटरको बाल्टिन, मग, एक÷एक किलो भुजिया, एक÷एक किलो नुन, एक÷एक दर्जन बिस्कुट वितरण गरिएको गाउँपालिकाका विपद् जोखिम न्युनीकरण अधिकृत राजेशकुमार झाले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ