News Category 2076/05/02
जिएनसिंह अस्पतालमा सिटि स्क्यान र आईसियु सेवा तीन महिना भित्रै संचालनमा आउने
चन्दनकुमार यादब
राजविराज, २ भदौं ।
राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पतालमा सिटी स्कयान र आईसियुसहितको सेवा तीन महिना भित्रै संचालनमा ल्याउने तैयारी भइरहेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले स्वास्थ बिभागवाट सिटि स्क्यान र आईसियुको सामानहरू आईसकेकोले भवनको अभावको कारण व्यवस्थापन गर्न केही समय लागिरहेको जानकारी दिए ।
मेसु डा. दासले अस्पताल भित्र सिटि स्क्यान र आईसियु सेवा संचालन गर्नका लागि चाहिने भवनको निर्माण कार्य अन्तिम चरणमा रहेकोले तीन महिन भित्रै नयाँ भवनमा सेवा सुचारू गर्ने तयारी भइरहेको बताए । हाल अस्पतालमा एनआईसियु, थाईरोईड, एसाईलेडेट होमोग्लोबिन, आरए फ्याक्टर, सिआरपी, ब्यबस्थित ल्याव, डिजिटल एक्सरे तथा ९ वटा बिशेषज्ञ चिकित्सकहरूबाट सेवाहरू संचालनमा रहेको बताए ।
हालै मात्र अस्पतालमा नाक, कान घाँटीको सेवा संचालनसँगै एक बिरामीको श्वास प्रश्वासमा समस्या देखेपछि चिकित्सकहरूले घाटीमा प्वाल पारेर श्वास लिने पाईप राखेर सफल शल्यक्रिया सम्पन्न गरेको समेत उनले जानकारी दिए ।
यस्तै मुटु बिरामीहरूको लागि अस्पताल संचालन गर्न भवन चाहिएकोले सोका लागि भवन निर्माणको कार्यलाई तिब्र बनाइएको र केही महिनामै उक्त सेवा पनि संचालनमा ल्याउन बिभागवाट सबै प्रक्रिया पूरा भईसकेको उनको भनाई छ ।
अस्पतालमा हाल छाला रोग बिशेषज्ञ, साईकेट्रिक र प्याथोलोजिष्ट बाहेक अन्य ९ वटा बिशेषज्ञ सेवा संचालनमा रहेको मेसु दासले जानकारी दिँदै मेडिसिन, सर्जरी, गाइनो, पेडियाट्रिक, अर्थो, डेन्टल, रेडियोग्राफी, एनेस्थेसिया, डायलायसिस, हाडजोर्नी, सर्जन, ईएनटी, एनआइसियु, २४ घण्टै नमुना प्याथोलोजी, अत्याधुनिक एक्सरे सेवा संचालनमा रहेको बताए ।
गत साउन २३ गते एक बालक छतबाट लडेर पेटमा छिरेको बाँसको भाँटा स्थानियले निकाल्ने क्रममा आन्द्रा भुडी समेत बाहिर निस्केपछि अस्पतालकै सर्जन डा राजिब मिश्रा, एनेस्थेटिस्ट डा. पारसमणी साह, सहायक बिपन देव, ईएनटी सर्जन महेश पोखरेल सहितको टोलीले सफल शल्यक्रिया गरेका थिए ।
हाल अस्पतालले मिर्गाैला, सरजरी पिथ थैली, किड्नी मृगौलामा ढुगांको अपरेशन, एपेन्डिक्स, पाठेघरको अप्रेशन, आन्द्रामा प्वाल परेको, वाबासिर, सहितका डाईलेसिस सेवा दिईरहेको डा चुमनलाल दासले बताए ।
अस्पतालमा बिगत भन्दा हाल बिरामीको चाप बढेपछि कर्मचारीको अभाव भएकोले छालारोग, मानसिक रोग बिशेषज्ञ, रेडिलोजिष्ट, प्राबिधिकतर्फ बायोमेडिकल ईन्जिनियर, आईटी अफिसर नर्र्सिग गरी तत्काल ३० जना कर्मचारीको आबश्यकता रहेको मेसु दासको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ