News Category 2076/05/04
“तीन कैदीलाई स्थान्तरण गर्न अदालतको अनुमति”
दैनिक समाचारदाता
राजविराज, ४ भदौं ।
राजविराज कारागारमा रहेका कैदीबन्दी मध्ये तीन कैदीलाई स्थान्तरण गर्न जिल्ला अदालतले अनुमति दिएको छ ।
उच्च अदालत जनकपुर इजलास राजविराजका नायब सुब्बा विश्वराज पोखरेलले पुर्पक्षमा रहेका कैदीहरुलाई मात्र स्थान्तरण गर्न सक्ने प्रावधान रहेकाले जिल्ला अदालतका मुख्य न्यायाधिशको आदेशमा बिरामी रहेका तीन कैदीलाई स्थान्तरण गर्न अनुमति प्रदान भएको हो ।
यता स्थान्तरण गर्न अनुमति पाएकाहरुमा कर्तव्य ज्यान मुद्दाका बहादुर सदा र अपरहरण शरीर बन्धक मुद्दाका टिकाबहादुर तमाङ्ग रहेका छन् । ती दुबै कैदीको माग बमोजिम केन्द्रिय कारागार नख्खुका लागि अनुमति प्रदान गरिएको छ ।
त्यस्तै ज्यान मुद्दाका आरोपी मस्तकिन भन्ने रहिस मियाको माग बमोजिम झुम्का कारागारका लागि स्थान्तरणको अनुमति दिइएको छ ।
“तीनै कैदीहरु पूर्पक्षका लागि हाल राजविराजमा कारागारमा रहेका छन् ।” सुब्बा पोखरेलले भने, “तीनै जना कैदीहरु बिरामी भएकाले थप उपचारका लागि कारागार प्रशासनमार्फत जिल्ला अदालतलाई पत्र पठाएका थिए र सोही पत्रमा उल्लेखीत माग बमोजिम पायक पर्ने कारागारमा स्थान्तरणका लागि जिल्ला अदालतले अनुमति प्रदान गरेको हो ।”
अदालतबाट स्थान्तरणको अनुमति पाएका तीनै जना कैदीहरुलाई आवश्यक कानुनी प्रक्रिया मिलाई चाडै नै स्थान्तरण गरिने उनले जानकारी समेत दिए ।
यसैबीच कारागारमा पञ्च बर्षिय योजनाको पहिलो बर्षको रणनीतिक योजना अनुसार समावेश बमोजिम दुई दिने न्यायिक शिबिर बुधबार सम्पन्न भएको छ ।
उच्च अदालत जनकपुर ईजलास राजबिराज तथा जिल्ला अदालत सप्तरीको आयोजनामा सो न्यायायिक शिबिर सम्पन्न भएको हो ।
उक्त शिविरमा कैदीहरूले छिटो न्याय पाउनुपर्ने, ज्येष्ठ कैदीहरूको कैद मिनाहा हुनुपर्ने र अशक्त कैदीबन्दीहरूले उपचारका लागि अर्काे करागार स्थान्तरण गर्नेपर्ने माँग गरेका थिए ।
सो अवसरमा जिल्ला अदालतका तहशिलदार हरि पराजुलीले कैदी बन्दीहरूलाई अदालत मार्फत छिटो न्याय पाउनु तथा ज्येष्ठ नागरिकको छुट सुबिधा, पूर्पक्षमा रहेका कैदीको छिटो फैसला र अन्य कैदीहरूको न्यायिक समस्या वारेमा छलफल गरेका थिए ।
उनले कैदीबन्दीहरूको समस्यालाई उच्च अदालत र जिल्ला अदालत मातहत रहेका मुद्दाहरूलाई छोट्याएर फैसला गर्नका लागि अदालतलाई अग्रधिकार राख्न सुझाव दिने बताए । उनले भने, “पूर्पक्षमा रहेका कैदीहरूको हकमा प्राथमिकमा राखेर मुद्दाहरू उच्च तथा जिल्ला अदालत मार्फत फैसला गरिने छ ।”
कारागारको ब्लक ए मा कर्तब्य ज्यानको मुद्दामा कैद भुक्तान गरिरहेका सप्तरीको तिरहुत गाउपालिका १ का ६३ बर्षिय फागु मण्डलले ७ बर्ष कैद भुक्तान गरिसकेकाले बाँकी कैद छुट पाउनुपर्ने माँग गरेका थिए ।
त्यसैगरी जिल्लाकै खड्ग नगरपालिका ५ का ७५ बर्षिय ज्येष्ठ नागरिक पंचु मण्डलले कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेकाले छुट पाउनुपर्ने आयोजित शिबिरमा उपस्थित अदालतका टोलीसँग आग्रह गरे ।
त्यस्तै बरहीबिरपुरका ६७ वर्षिय सियाराम रायले सर्वस्यसहित जन्म कैद फैसलामा कैद भुक्तान गरिरहेकोले ७ बर्ष सजाय काटेकाले थप कैद छुट पाउनुपर्ने माँग गरे । कमलपुरका कैलाश यादबले कर्तब्य ज्यान मुद्दामा ६ बर्ष काटेका, तिरहुत ५ का सत्य नारायण साहले कर्तब्य ज्यान मुद्दामा जेल काटी रहेकाले बिरामी भएकोले छुट सुबिधा पाउनु पर्ने माँग समेत गरे ।
उक्त शिबिरमा उच्च अदालतका शाखा अधिकृत गोपाल खनाल, बैदनिक वकिल राजप्रकाश साह, शाखा अधिकृत नवराज खडका, नासु, बिश्वराज पोखरेल, नासु भिम बहादुर भण्डारी, आईटी ओम प्रकाश यादब को सहभागीता रहेको थियो ।
यता शिबिरमा ए ब्लकमा २३ जना महिला र बि ब्लकमा १६ कैदीबन्दीहरूको समस्यामा बारेमा सुझाव संकलन गरिएको निमित्त जेलर सत्य नारायण यादबले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ