News Category 2076/05/09
चार पटक प्रधानपञ्चमा निर्वाचित नेवालालको निधन
दैनिक समाचारदाता
राजविराज, ८ भदौं ।
सप्तरीको साविकको जमुनी मधेपुरा गाविस ८ छपकी टोल निवासी नेवालाल यादवको निधन भएको छ ।
हाल रुपनी गाउँपालिका ४ का स्व. यादव स्थानियस्तरमा निकै लोकप्रिय जनप्रतिनिको रुपमा आफूलाई स्थापित गरेको स्थानियवासी डा. शिवशंकर यादवले बताए ।
बि.स. १९९३ सालमा जन्मेका नेवालालको २०७६ साल साउन ३१ गते ८३ वर्षको उमेरमा निधन भएको हो ।
निधन भएका यादव वि.स. २०१७, २०२३, २०२९ र २०४६ सालमा पटक पटक गरि चार पटक गाविसको प्रधानपञ्चमा निर्वाचित भएका थिए । जस मध्ये बि.स. २०१७ सालमा उनी निर्विरोध निर्वाचित भएका थिए ।
उनले छपकी विद्यालयको स्थापना गर्नुका साथै आफ्नो कार्यकालमा जग्गा मोहियानीलाई सबैलाई सन्तुष्ट पार्ने गरि व्यवस्थापन गरेको स्थानिय डा. यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ