News Category 2076/05/09
गाउँ ब्लकका जग्गामा बसोवास गर्नेलाई लालपूर्जा प्रदान
दैनिक समाचारदाता
राजविराज, ९ भदौं ।
राजविराज वडा नं. ९ मलेठस्थित गाउँ ब्लकका जग्गामा बसोवास गर्ने ७१ जना व्यक्तिलाई लालपूर्जा प्रदान गरिएको छ ।
वडा कार्यालयको प्राङ्गणमा सोमबार आयोजित गाउँ ब्लकको लालपूर्जा बितरण समारोहमा ती व्यक्तिहरुलाई उक्त लालपूर्जा प्रदान गरिएको हो ।
१ नं. नापी टोलीको आयोजना तथा वडा कार्यालयको सहयोगमा आयोजित कार्यक्रममा बि.स. २०६५ सालमा नापी कार्यालयले नापी गरेका ती व्यक्तिहरु बसोवास गर्दै आइरहेको गाउँ ब्लकको जग्गाको लालपूर्जा प्रदान गरिएको वडा अध्यक्ष शम्भु प्रसाद यादव (लाली) ले जानकारी दिएका छन् ।
वडा अध्यक्ष यादवका अनुसार नापी टोलीले बि.स. २०६५ सालमा नापी गरेको २ सय ३२ जनाको गाउँ ब्लकको जग्गाको लालपूर्जा बनेको हो । ती मध्ये सोमबार ७१ जनालाई तथा बाँकी रहेका सबैको वडा कार्यालयबाटै लालपूर्जा बितरण गरिने उनले जानकारी दिए ।
नापी कार्यालयका अधिकृत राकेश ठाकुरको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आतिथ्य तथा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा, प्रहरी प्रमुख मनोज यादवको विशिष्ठ आतिथ्यमा सम्पन्न कार्यक्रममा १ नं. नापी टोलीका प्रमुख लक्ष्मेश्वर चौधरी, जगदेव यादवगणपति साहलगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ