News Category 2076/05/09
तिरहुत गाउँपालिकमा १६ किलोमिटर बाटो बिस्तार, तीन वटा वडामा एक सय स्यालो बोरिङ्ग जडान
नवीन गुप्ता÷चन्दन यादव
राजविराज, ९ भदौं ।
सप्तरीको तिरहुत गाउँपालिकामा रहेको सबै पाँच वटै वडामा गरि विगत दुई वर्षको अवधीमा झण्डै १६ किलोमिटर सडक बिस्तार भएको छ ।
गाउँपालिका अध्यक्ष हेमन्त बहडखेरका अनुसार आफू निर्वाचित भएर आएपछि गाउँपालिकाको बाटो र सडकको अबस्था अत्यन्त जिर्ण रहेको थियो । तर, अहिले गाउँपालिकाको ५ बटै वडामा ठुलो र सानो योजना बनाई १६ किलोमिटर बरावरको सडक बिस्तार गर्न सफल भएको जानकारी दिएका छन् । उनले ८ किलोमिटर ग्राभेल र ८ किलोमिटर कच्ची बाटो निर्माण कार्य सम्पन्न भएको बताए ।

यस्तै गाउँपालिकाको कार्यालय हाताभित्रै ३५ लाखको लागत सात कोठे गाउँपालिका भवन निर्माण हुँदैछ । चालु आ.ब. मा भवन निर्माण कार्यका लागि थप बजेट बिनियोजन गरिएपछि निर्माणधिन भवनमा प्लाष्टर, झ्याल कोठा, रंगरोहनलगायत गरिने गाउँपालिका अध्यक्ष बहडखेरले जानकारी दिए ।
त्यसैगरि गत आ.ब. २०७४÷७५ मा गाउँपालिकाको कार्यपालिका निर्णय अनुसार सबै वडामा २० वटाको दरले स्यालो बोरिङ्ग बितरण गर्ने निर्णय गरिएको थियो । सो निर्णय अनुसार पालीकाले वडा १ मा २५ वटा, वडा नं. २ मा ५, वडा नं. ५ मा ७० वटा स्यालो बोरिङ्ग बितरण गरि जडान कार्य सम्पन्न भएको छ । यता आ.ब. २०७५÷७६ मा थप ८९ वटा स्यालो बोरिङ्ग खरी र जडानका लागि लागि ५० लाख रकम पालिकाले निकासा गरेको छ ।
यस्तै पालीकाले खरिद गरेको १ सय ६५ वटा स्यालो बोरिङ्ग मध्ये १ सय जडान भएको र आ.ब. २०७४÷७५ को बाँकी रहेको ६५ र नयाँ ८९ वटा बोरिङ्ग प्रहरी चौकी लोहजरा, प्रहरी चौकी त्रिकोलमा राखिएको छ भने वडाको आबश्यकता अनुसार बितरण गरिने गाउपालिका अध्यक्ष बहडखेरले जानकारी गराए ।

यता वडा ३ का अध्यक्ष भोगान्द महात्मानले गाउँपालिकाले निर्णय गरिएको २० वटा स्यालो बोरिंग लिएर गएपनि जडान नगरी थप माँग गरेपछि गाउँपालिकाले नदिदाँ सो बोरिंङ्ग जडान नगरी घरमै राखेको गाउँपालिका अध्यक्ष बहडखेरको दाबी छ । उनले भने, “गाउँपालिकाबाट बोरिङ्ग लाने र बितरण नगर्ने अनि गाउँपालिका अध्यक्षले अनियमितता गरेको कुरा आमजनतामा प्रचारबाजी गरेर मेरो चरित्रहत्या गर्ने काम गरिएको छ ।”
यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक बर्ष ०७५÷०७६ मा कुल २८ लाख ७ हजार मध्ये १५ लाख ९२ हजार ३ सय रूपैया खर्च गरिएको बताईएको छ । सो रकमबाट वडा नं. ४ माटोको कार्य, वडा २ मा नाला निर्माण कार्य र वडा १ मा कुलोपैनी मर्मत र निर्माण कार्य सम्पन्न गरिएको बताइएको छ ।
त्यस्तै पोषण कार्यक्रम लागि संघिय सरकारवाट कुल १२ लाख ५४ हजार रकम मध्ये कर्मचारीको तलव वाहेक कृषि, शिक्षा, स्वास्थ र पशु सम्बन्धी कार्यक्रम खर्च गरिएको स्वास्थ संयोजक जयनाथ यादबले जानकारी दिएका छन् ।
पोषण कार्यक्रम लागू भएका वडा ३ गोईठी र २ मैनाकडेरीमा सुनौलो हजार दिनका गर्भवती दुबै वडाका १ सय २० जनाका दरले महिलाहरूलाई ६ वटा कुखुरा चल्ला, बालवालीकाहरूलाई स्कुल ब्याग, टिफिन बाकस, पानी बोतल, बाल्टिन, हातधुने साबुन, रूमाल, बिउबिजन, लगायतका सामग्री बितरण गरिएको संयोजक यादबले बताए ।
यसैगरी सोही कार्यक्रम अन्तर्गत सबै वडामा एकीकृत तालिम, वडा स्तरिय बैठक, होडिंग बोर्ड, सासुबुहारी अन्तरक्रिया कार्यक्रम यस आर्थिक बर्षमा सम्पन्न गरेको बताईएको छ ।
यता सोमबार संचारकर्मीहरुले तिरहुत गाउँपालिकाको सबै वडामा भएको बिकासिय निर्माण कार्यको अनुगमन गर्दै अधुरो रहेका विकास निर्माण कार्यलाई पूरा गर्न गाउँपालिका अध्यक्षलाई सुझाव समेत दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ