News Category 2076/05/10
कोशीपीडितको माग पुरा गराउन पहल गर्ने कृषि मन्त्रीको प्रतिबद्धता
दैनिक समाचारदाता
राजविराज, १० भदौं ।
विगत ११ दिनदेखी अनशनमा बसेका सप्तरी, सुनसरी र उदयपुरका कोशी पीडितहरुको जायज माँगप्रति प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले समर्थन जनाएका छन् ।
मंगलबार अनशन स्थल कोशी ब्यारेजमै पुगेका मन्त्री साहले कोशी पीडितहरुको माग जायज रहेको भन्दै समर्थन जनाएका हुन् । उनले प्रदेश सरकारले कोशी पीडितहरुको माग पुरा गराउन आफ्नोस्तरबाट यसबारे संघीय सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाए ।
.jpg)
मन्त्री साह करिब एक घण्टा अनशनकारीहरुसँगै मञ्चमा बसेपछि कोशीपीडितहरु उत्साहित बनेका थिए ।
नेपाल भारतबीच बि.स. २०११ सालमा भएको सम्झौता अनुसार अझै जग्गाको मुआब्जा पाउन नसकेको भन्दै तिन बुँदे मागसहित उनीहरु साउन ३२ गतेदेखि सप्तकोशी ब्यारेजको कन्ट्रोल रुम नजिकै अनिश्चितकालिन रिले अनसनमा बसेका हुन ।
.jpg)
संघर्ष समितिका संयोजक महिदेव चौधरीले कोशी ब्यारेज निर्माणको क्रममा अधिग्रहण गरिएको जग्गा, बाढीले जग्गा र बालिमा पु¥याएको क्षति, जग्गाको सुरक्षा तथा नेपाल भारत सरकारबीच भएको बहुचर्चित कोशी सम्झौता कार्यान्वयन लगायतका मागसहित रिले अनसनमा बसेको बताए ।
यसबाट पनि सुनुवाई नभए आमरण अनसनदेखि चक्का जाम, सप्तरी सुनसरी र उदयपुर जिल्ला बन्दसम्म लगायतका आन्दोलन कार्यक्रम घोषणा तयारी समेत भइरहेको संयोजक चौधरीले बताए । यसैबीच मंगलबारै अनशन स्थलमा बसेको संघर्ष समितिको बैठकले समितिको सहसंयोजकमा ज्योती झा (सप्तरी) को चयन गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ