News Category 2076/05/11
विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी पसलको विद्युतीय उपकरण नियन्त्रणमा

दैनिक समाचारदाता
राजविराज, ११ भदौं ।
विद्युत प्राधिकरणले बिद्युत चुहावट नियन्त्रणका लागि आफ्नो प्रयासलाई निरन्तरता दिएको छ । यसैबीच प्राधिकरणले विद्युत चोरी गरि उपभोग गरिरहेका राजविराजको मुख्य सडकको एक होटल तथा एक फोटोकपी पसलमा बुधबार छड्के गरि विभिन्न विद्युतीय उपकरणहरु नियन्त्रणमा लिएको छ ।
नेपाल बिद्युत प्राधिकरण राजविराज बितरण केन्द्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार राजविराज नगरपालिका रोडस्थित थारू रिसोर्ट र चौधरी पुस्तक पसलले विद्युतको मेनलाइनबाट हुकिङ्ग गरि बिजुली चोरी गरेको अवस्थामा फेला पारेको विद्युत प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले जानकारी दिएका छन् ।
उनका अनुसार विद्यतु रिडिङ्ग छड्के टोलीले थारू रिसोर्टले बिजुली पोलवाट सिधै बिजुली कनेक्सन गरेको पाएको तथा चौधरी पुस्तक पसलले थारू रिसोर्टसँगै कनेक्सन लिई विद्युत चुहावट गरेको भेटाएका थिए ।
सोही टोलीले थारू रिसोर्टवाट फ्रिज १ थान, फ्यान १ थान, ईन्भटर, साउन्ड बक्स, बुफर १ थान तथा चौधरी पुस्तक पसलवाट फोटो कापी मेसिन, लेमिनेसन र स्टेपलाईजर १ थान लगायतका सामग्री नियन्त्रणमा लिएको प्रमुख साहले जानकारी दिए ।
यता नेपाल बिद्युत प्राधिकरण शाखा राजबिराजले दुबै संचालकले बिजुली हुकिङ्ग गरी प्रयोग गरिएको समानको आधारमा बिद्युत चुहावट गरेको मुल्याङ्कनको आधारमा जरिवान तोकिने प्रमुख साहको भनाई छ ।
विद्युत चुहावट गर्नेलाई प्राधिकरणको नियम अनुसार १ बर्ष बरावरको जरिवाना तोकिने नियम समेत रहेकोले थारू रिसोर्टलाई १ लाख ५७ हजार बरावरको जरिवाना तोकिन सक्ने उनले बताए । यसैबीच थारू रिसोर्टले प्राधिकरणको २ लाख ९६ हजार बिजुली महसुल तिर्न बाँकी रहेको समेत उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ