News Category 2076/05/13
तालाबन्दी गरिएको ढोका अगाडी मैनबत्ति प्रज्वलन
दैनिक समाचारदाता
राजविराज, १३ भदौं ।
राष्ट्रिय खेलकुद परिषद्को ५६ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार साँझ राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा मैनबत्ति प्रज्वलन गरिएको छ ।
यद्दपी समितिको कार्यालयको मूल ढोकामै तालाबन्दी गरिएपनि तालाबन्दी गरिएको ढोका अगाडी नै मैनबत्ति प्रज्वलन गरिएको हो ।
जिल्ला खेलकुद विकास समिति सप्तरीका पदाधिकारीबीचको विवादले गत जेठ ४ गतेदेखी समितिको कार्यालयको मूल ढोकामै तालाबन्दी गरिएकोले तालाबन्दी गरिएको ढोका अगाडी नै मैनबत्ति प्रज्वलन गरिएको छ ।
जिल्ला खेलखुद विकास समितिको आयोजनामा आयोजित मैनबत्ति प्रज्वलन कार्यक्रममा विभिन्न खेलका खेलाडी, प्रशिक्षण प्रमुख राजकुमार परियार, प्रशिक्षक समिर जोशी तथा कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
परिषद्को वार्षिकोत्सवको अवसरमा सरसफाई, कर्मचारीबीच ब्याडमिन्टन खेल लगायतका कार्यक्रमको आयोजना हुने प्रशिक्षण प्रमुख परियारले जानकारी दिए ।
जिल्ला खेलकुद विकास समितिमा उपाध्यक्ष धिरेन्द्र बर्मा धिरु लगायत बहुमत पदाधिकारीले अध्यक्ष अमर खवासले ब्यवस्थापकीय कमजोरी गरेको र लामो समयदेखी समितिको आयव्यय सार्वजनिक नगरेको भन्दै जेठ ४ गते समितिमा तालाबन्दी गरेका थिए ।
साढे तीन महिना बित्न लाग्दा पनि ताला खोलाउनका लागि कतै कुनै निकायबाट ठोस पहल नभएका कारणले जिल्लामा खेलकुद गतिविधि ठप्प बनेको छ भने खेलाडीहरुमा निरासा छाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ