News Category 2076/05/13
कंचन यादव मृत्यु प्रकरण, सिआईबीबाट घटनाको छानबिन गर्न पीडित परिवारको माग
.jpg)
दैनिक समाचारदाता
राजविराज, १३ भदौं ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका १ की २७ वर्षिया कंचनकुमारी यादवको हत्या भएको झण्डै एक महिना पुग्नै लाग्दा हालसम्म उनका परिवारले न्याय पाउन सकेको छैन् ।
आत्महत्या गरेको भनिएकी कंचनका परिवारजनले न्यायका लागि सरोकारवालासँग आग्रह गर्दै सिआईबीबाट सो घटनाको छानबिन गर्न माग समेत गरेका छन् ।
राजविराजस्थित नेपाल पत्रकार महासंघको सभाकक्षमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै मृतक कंचनका आफन्तले उनलाई आफ्नै पति, सासु, ससुरालगायतको योजनामा हत्या गरिएको दाबी दोह¥याउँदै आरोपितहरुलाई पक्राउ गर्न प्रहरीले ढिलाई गरिरहेको आरोप लगाएका छन् ।
गत साउन १८ गते कंचनको मृत शरीर डाक्नेश्वर नगरपालिका १ स्थित आफ्नै घरको भान्सा कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
श्रीमानपक्षले शलले पासो लगाएर झुण्डिएर आत्महत्या गरेको दाबी गर्दै आएका छन् भने माइती पक्षले श्रीमान अरबिन्द, सासु फुलोदेवी, ससुरा सुदिलाल यादव लगायत ६ जनाले मिलोमतो गरि हत्या गरेर आत्महत्या बनाएको पत्रकार सम्मेलनमा दाबी गरेका छन् ।
पत्रकार सम्मेलनमा मृतकका दाजु प्रविणले साउन २८ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा ६ जना बिरुद्ध किटानी जाहेरी दिइसक्दा समेत प्रहरीले उनीहरुलाई पक्राउ गर्न आलटाल गरिरहेको गुनासो पोखेका छन् ।
उनले भने, “बहिनीको शरीर भर चोटको निशान, चुरा फुटेको तथा कपालबाट झरेका रौंका थुप्राहरु घटनास्थलबाट फेला परेकाले उनलाई कुटपिट गरेर हत्या गरि झुण्ड्याइएको सहजै अनुमान गर्न सकिन्छ ।”
राजविराज नगरपालिका १० माइती रहेको कंचनका पति अरबिन्द शिक्षण पेशामा संलग्न छन् । माइती पक्षका अनुसार उनका पति अरबिन्दको सोही विद्यालयका एक शिक्षिकासँग नाजायज सम्बन्ध रहेका थिए । सोही कारण पछिल्लो केही समय यता पतिले कंचनलाई चरम यातना दिँदै आएका थिए । अरबिन्दका आमा बुबा पनि त्यही शिक्षिकासँग अरबिन्दको दोश्रो विवाह गराउने मनसायमा पुगेपछि कंचनमाथी घरभित्रै यातना बढ्दै गएको माइती पक्षको आरोप छ ।
यता घटनाको अनुसन्धानको क्रममा कंचनका पति अरबिन्द यादवलाई साउन १९ गते पक्राउ गरिसकेको प्रहरी उपरिक्षक मनोजकुमार यादव बताउँछन् । उनले कंचनको हत्या हो वा आत्महत्या यस विषयमा प्रहरी गहिरो अनुसन्धान गरिरहेको जानकारी दिदै घटनाबारे सबै कोणबाट अनुसन्धान भइरहेकोले चाडै सत्यतथ्य सार्वजनिक हुने उल्लेख गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ