News Category 2076/05/16
एक सय ५२ छात्रालाई साइकल बितरण
दैनिक समाचारदाता
राजविराज, १५ भदौं ।
“बेटी पढाऊ, बेटी बचाऊ” अभियान अन्तरगत सप्तरीका दुई विद्यालयका छात्राहरुलाई आइतबार एक कार्यक्रमबीच साइकल बितरण गरिएको छ ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका दुई विद्यालयका १ सय ५२ छात्राहरुलाई प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सो साइकल बितरण गरेका हुन् ।
वडा नं. ८ स्थित जनता मावि तोपाका कक्षा ८ मा अध्ययनरत ५० तथा वडा नं. ७ ल.ब.न.मा.बि. कट्टीका कक्षा ८ मा अध्ययनरत १ सय २ छात्राहरुलाई मन्त्री साहले साइकल वितरण गरे ।
साइकल वतरण कार्यक्रममा मन्त्री साहले छोरीहरुलाई शिक्षामा प्रोत्साहन स्वरुप प्रदेश सरकारले चलाएको अभियान अन्तरगत साइकल वितरण गरिएको बताए । प्रदेश सरकारले प्रदेश भरीका ८ वटै जिल्लाका छात्राहरुको शिक्षामा बलियो उपस्थितिका लागि सक्दो प्रयास गरिरहेको उल्लेख समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ