News Category 2076/05/16
६ सय ३ थान विभिन्न लागुऔषधसहित पंचदेव पक्राउ
दैनिक समाचारदाता
राजविराज, १६ भदौं ।
सप्तरी सदरमुकाम राजविराजबाट प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजविराज वडा नं. २ घर भएका ४८ वर्षिय पंचदेव यादव रहेका छन् । प्रहरीले राजदेवी चौकमा आइतबार साँझ चेकजाँच गर्ने क्रममा ६ सय ३ थान विभिन्न प्रकारका लागुऔषधसहित उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका यादवसँग प्रहरीले स्पामोप्रोक्सयोभन क्याप्सुल १ सय ५६ थान, निट्राजेपाम आरनिट ट्याब्लेट ८९ थान, निट्राजेपाम नाइट्राभेट ६५ थान, निट्राजेपाम निस्ट्रोसन १ सय ४६ थान, डाइजेपाम इन्जेक्सन ५० थान, लुपिजेस इन्जेक्सन ४५ थान, फेनेरगन इन्जेक्सन ५० थान र डाइलेक्स डिसी २ बोतल गरि ६ सय ३ थान विभिन्न लागुऔषध बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलन गरि पक्राउ परेका यादवलाई सार्वजनिक गरेको हो । यादवले समेत सो लागु औषध सेवन गरि हिडिरहेको अवस्थामा शंका लाग्दा उनीहसँग रहेको झोला चेकजाच गरेपछि उक्त मात्राको लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक मनोज यादवले जानकारी दिए ।
पक्राउ परेका यादवलाई सोमबार सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गराइ थप अनुसन्धान सुरु गरिएको उनले जानकारी समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ