News Category 2076/05/17
लागु औषध कारोबारीको नयाँ प्रविधिको खुलासा, ग्यास सिलिन्डरमा लागुऔषध ओसारपोसार गर्ने एक पक्राउ
दैनिक समाचारदाता
राजविराज, १७ भदौं ।
अहिलकोे युगमा नयाँ नयाँ प्रविधीको विकास हुँदै गएको छ । सो प्रविधीको विकास राष्ट्र हीतका लागि हुने गर्दछ । तर, सप्तरीमा तस्करहरुले एउटा यस्तो नयाँ प्रविधीको विकास गरेका छन् जसले उनीहरुलाई लागु औषध ओसार पोसार गर्न सहयोग पुग्ने गरेको छ ।
सप्तरीमा लागु औषध ओसार पोसारका लागि तस्करहरुले खाली ग्यास सिलिन्डको पिदमा प्वाल बनाई लकर सिस्टमको विकास गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार पत्रकार सम्मेलन मार्फत लागु औषध ओसार गर्ने सो प्रविधिको खुलासा गर्दै ती कार्यमा संलग्न एक व्यक्तिलाई सार्वजनिक समेत गरेको छ ।

सप्तरी प्रहरीका निमित्त प्रहरी प्रमुख डिएसपी मकेन्द्र कुमार मिश्रले ग्यास सिलिन्डरको पिदमा बनाइएको प्वालबाट १ सय ४० बोतल डाइलेक्स डिसि सिरप नामक प्रतिबन्धीत लागु औषध छिराएर ग्यास भर्नका लगिदै गएको अवस्था सिलिन्डरसहित सप्तरीको राजगढ गाउँपालिका ६ बस्ने ३८ वर्षिय अशोक यादवलाई पक्राउ गरेको जानकारी दिए ।
सोमबार राती राजविराज वडा नं. १६ बागेश्वरी मन्दिर अगाडी सादा पोषाकमा खटिएका प्रहरी टोलीले स.१०प. १३ नम्बरको मोटरसाइकलमा बोकेर ल्याउँदै गरिएको सो ग्यास सिलिन्डरलाई चेकजाँच गर्ने क्रममा लागु औषध ओसार पोसारको नयाँ प्रविधिबारे खुलासा भएको उनले जानकारी दिए ।
यसअघि सोमबार प्रहरीले राजविराजबाट ६ सय ३ थान विभिन्न प्रकारका लागुऔषधसहित राजविराज वडा नं. २ घर भएका ४८ वर्षिय पंचदेव यादवलाई पक्राउ गरेको थियो ।
यता पक्राउ परेका दुबै जनालाई अदालतबाट म्याद थप गराई थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
प्रहरीको तथ्यांक अनुसार गत आ.व. ०७५÷०७६ मा लागु औषध सेवनकर्ता र कारोबारी गरी ७८ जनालाई पक्राउ गरि सकिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ