News Category 2076/05/17
लागु औषध कारोबारीको नयाँ प्रविधिको खुलासा, ग्यास सिलिन्डरमा लागुऔषध ओसारपोसार गर्ने एक पक्राउ

दैनिक समाचारदाता
राजविराज, १७ भदौं ।
अहिलकोे युगमा नयाँ नयाँ प्रविधीको विकास हुँदै गएको छ । सो प्रविधीको विकास राष्ट्र हीतका लागि हुने गर्दछ । तर, सप्तरीमा तस्करहरुले एउटा यस्तो नयाँ प्रविधीको विकास गरेका छन् जसले उनीहरुलाई लागु औषध ओसार पोसार गर्न सहयोग पुग्ने गरेको छ ।
सप्तरीमा लागु औषध ओसार पोसारका लागि तस्करहरुले खाली ग्यास सिलिन्डको पिदमा प्वाल बनाई लकर सिस्टमको विकास गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार पत्रकार सम्मेलन मार्फत लागु औषध ओसार गर्ने सो प्रविधिको खुलासा गर्दै ती कार्यमा संलग्न एक व्यक्तिलाई सार्वजनिक समेत गरेको छ ।
सप्तरी प्रहरीका निमित्त प्रहरी प्रमुख डिएसपी मकेन्द्र कुमार मिश्रले ग्यास सिलिन्डरको पिदमा बनाइएको प्वालबाट १ सय ४० बोतल डाइलेक्स डिसि सिरप नामक प्रतिबन्धीत लागु औषध छिराएर ग्यास भर्नका लगिदै गएको अवस्था सिलिन्डरसहित सप्तरीको राजगढ गाउँपालिका ६ बस्ने ३८ वर्षिय अशोक यादवलाई पक्राउ गरेको जानकारी दिए ।
सोमबार राती राजविराज वडा नं. १६ बागेश्वरी मन्दिर अगाडी सादा पोषाकमा खटिएका प्रहरी टोलीले स.१०प. १३ नम्बरको मोटरसाइकलमा बोकेर ल्याउँदै गरिएको सो ग्यास सिलिन्डरलाई चेकजाँच गर्ने क्रममा लागु औषध ओसार पोसारको नयाँ प्रविधिबारे खुलासा भएको उनले जानकारी दिए ।
यसअघि सोमबार प्रहरीले राजविराजबाट ६ सय ३ थान विभिन्न प्रकारका लागुऔषधसहित राजविराज वडा नं. २ घर भएका ४८ वर्षिय पंचदेव यादवलाई पक्राउ गरेको थियो ।
यता पक्राउ परेका दुबै जनालाई अदालतबाट म्याद थप गराई थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
प्रहरीको तथ्यांक अनुसार गत आ.व. ०७५÷०७६ मा लागु औषध सेवनकर्ता र कारोबारी गरी ७८ जनालाई पक्राउ गरि सकिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ