News Category 2076/05/18
परिवारजनले मदिरा सेवा नगर्न सम्झाउँदा यूवकले पोखरीमा हामफालेर ज्यान गुमाए
दैनिक समाचारदाता
राजविराज, १८ भदौं ।
मदिरा सेवन गरी लठ् भई घर आएका एक युवकलाई परिवारका सदस्यहरुले सम्झाउँदा आवेशमा आई पोखरीमा हाम फालेपछि उनको अकालमै ज्यान गएको छ ।
राजविराज नगरपालिका वडा नं. ६ निवासी शनिचरी देवीका २२ बर्षिया छोरा अरुण मुखियाँको पोखरीमा हामफालेर ज्यान गएको हो ।
अत्याधिक मदिरा सेवन गरी लठ् भएर मंगलबार मध्यरात घर आएका अरुणलाई उनकी आमा शनिचरी तथा श्रीमती पुनमले सम्झाउँदा आवेशमा आएर घर अगाडी नै रहेको तुरन्ती पोखरीमा हाम फालेका उनको डुबेर मृत्यु जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ ।

मदिरा सेवन गरी राती १ बजे तिर आएका छोरा अरुणलाई सम्झाउन खोज्दा अचानक घर अगाडीकै पोखरीमा हाम फालेको र सो बारे तत्कालै प्रहरीलाई जानकारी गराएको आमा शनिचरी देवीले बताइन् ।
घटना बारे थाहा पाएपछि प्रहरी हवल्दार रामशंकर यादवको नेतृत्वमा पुगेको प्रहरी टोली पोखरीमा खोज तलास गर्दा उनको मृत शरीर फेला पारेको थियो । हवल्दार यादवले भने, “पोखरीमा एक युवक हाम फालेको खबर आएपछि हामी उद्घारका लागी तत्कालै पुग्यौ, तर दुर्भाग्य युवकलाई जिवितै उद्घार गर्न सकिएन ।”
घर परिवारको जिविका चलाउँदै आएका छोरा अरुण यसरी गुमाउँदा शनिचरी देवीसहित पुरै परिवार शोकमा डुबेको छ । यसअघि पती जुलुमाको चार महिना अघि मात्र विरामीका कारण मृत्यु भएको थियो । मुखियाँकी ४ महिनाकी गर्भवती पत्नी पुनम र आमा शनिचरीलाई समहाल्न आफन्त र छिमेकीलाई हम्य हम्य परेको छ ।
मृतकको शवको बुधबार स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाईएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ