News Category 2076/05/18
परिवारजनले मदिरा सेवा नगर्न सम्झाउँदा यूवकले पोखरीमा हामफालेर ज्यान गुमाए
दैनिक समाचारदाता
राजविराज, १८ भदौं ।
मदिरा सेवन गरी लठ् भई घर आएका एक युवकलाई परिवारका सदस्यहरुले सम्झाउँदा आवेशमा आई पोखरीमा हाम फालेपछि उनको अकालमै ज्यान गएको छ ।
राजविराज नगरपालिका वडा नं. ६ निवासी शनिचरी देवीका २२ बर्षिया छोरा अरुण मुखियाँको पोखरीमा हामफालेर ज्यान गएको हो ।
अत्याधिक मदिरा सेवन गरी लठ् भएर मंगलबार मध्यरात घर आएका अरुणलाई उनकी आमा शनिचरी तथा श्रीमती पुनमले सम्झाउँदा आवेशमा आएर घर अगाडी नै रहेको तुरन्ती पोखरीमा हाम फालेका उनको डुबेर मृत्यु जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ ।

मदिरा सेवन गरी राती १ बजे तिर आएका छोरा अरुणलाई सम्झाउन खोज्दा अचानक घर अगाडीकै पोखरीमा हाम फालेको र सो बारे तत्कालै प्रहरीलाई जानकारी गराएको आमा शनिचरी देवीले बताइन् ।
घटना बारे थाहा पाएपछि प्रहरी हवल्दार रामशंकर यादवको नेतृत्वमा पुगेको प्रहरी टोली पोखरीमा खोज तलास गर्दा उनको मृत शरीर फेला पारेको थियो । हवल्दार यादवले भने, “पोखरीमा एक युवक हाम फालेको खबर आएपछि हामी उद्घारका लागी तत्कालै पुग्यौ, तर दुर्भाग्य युवकलाई जिवितै उद्घार गर्न सकिएन ।”
घर परिवारको जिविका चलाउँदै आएका छोरा अरुण यसरी गुमाउँदा शनिचरी देवीसहित पुरै परिवार शोकमा डुबेको छ । यसअघि पती जुलुमाको चार महिना अघि मात्र विरामीका कारण मृत्यु भएको थियो । मुखियाँकी ४ महिनाकी गर्भवती पत्नी पुनम र आमा शनिचरीलाई समहाल्न आफन्त र छिमेकीलाई हम्य हम्य परेको छ ।
मृतकको शवको बुधबार स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाईएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ