News Category 2076/05/19
खटाईएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुन्छ ः मन्त्री पंडित, राजतन्त्र समाप्त भइसकेकोले सपना नदेख्न सुझाव
दैनिक समाचारदाता
राजविराज, १९ भदौं ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुने चेतावनी दिएका छन् ।
सप्तरीको कंचनरुप नगरपालिकास्थित सर्वोदय मा.वि.को प्राङगणमा बिहीबार आयोजित, कंचनरुप नगरपालिका बालमैत्री नगर घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री पंडितले सो चेतावनी दिएका हुन ।

तोकिएको ठाउँमा नजाने कर्मचारीले तलव, भत्ता र सुविधा केहि पनि नपाउने बताउँदै उनले भने, “२१ दिनसम्म पनि तोकिएको ठाउँमा नपुग्ने कर्मचारीको जागिर समाप्त हुन्छ ।”
मन्त्री पण्डितले लोकसेवा विज्ञापनलाई लिएर विगतमा भएको आन्दोलन र आन्दोलनका अगुवाहरुले भ्रम मात्र छर्ने काम गरेको बताए । मन्त्री पंडितले नेकपा नेतृत्वको सरकार देशमा आमुल परिवर्तन हुने गरी समृद्घि र विकासको ढोका खोल्न प्रयासरत रहेको बताए ।
उनले मुलुकमा संघीय गणतन्त्र आइसकेको बताउँदै यदी कसैले राजतन्त्र ल्याउने सपना देखेका छन् भने उनीहरुको सपना सपनामै सीमित रहने चेतावनी समेत दिए ।
यसैबीच सप्तरीको कंचनरुप नगरपालिका प्रदेश २ कै पहिलो बालमैत्री नगरपालिका घोषणा भएको छ । बालमैत्री स्थानिय तह घोषणा कार्य विधिमा व्यवस्था भए बमोजिमका सूचकहरु १२ वटै वडाले पुरा गरे पश्चात् विहिबार एक समारोह विच कंचनरुप नगरपालिकालाई बालमैत्री नगरपालिकाको घोषणा गरिएको हो ।
बालमैत्री नगर घोषणा समारोहका प्रमुख अतिथि समेत रहेका मन्त्री पंडितले कंचनरुप नगरपालिकालाई बालमैत्री नगर घोषणा गरेसँगै यसलाई अभियानको रुपमा अघि बढाउनु पर्नेमा जोड दिए ।
संघियता पछिको नेपालको तेस्रो तथा प्रदेश २ को पहिलो बालमैत्री नगरघोषणा भएको जानकारी दिएका नगरप्रमुख बसन्त मिश्रले बालमैत्री नगर घोषणाका लागी आवश्यक पर्ने पूर्व बालबचाऔं संरक्षण, बाल विकास, बाल सहभागीता र संस्थागत विकास लगायतका कार्यपुरा भएपछि बालमैत्री नगर घोषणा गरिएको जानकारी दिए ।
उनले बालसंरक्षण र विकासका लागी नगरपालिकाले प्रयाप्त बजेट विनियोजन गरिएको जानकारी पनि दिए । बालमैत्री स्थानिय शासन ऐन २०६८ ले निर्धारण गरे बमोजिम ३९ वटा सूचकहरु नगरपालिकाले पुरा गरिसकेको उनको भनाई थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ