News Category 2076/05/19
खटाईएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुन्छ ः मन्त्री पंडित, राजतन्त्र समाप्त भइसकेकोले सपना नदेख्न सुझाव
दैनिक समाचारदाता
राजविराज, १९ भदौं ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुने चेतावनी दिएका छन् ।
सप्तरीको कंचनरुप नगरपालिकास्थित सर्वोदय मा.वि.को प्राङगणमा बिहीबार आयोजित, कंचनरुप नगरपालिका बालमैत्री नगर घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री पंडितले सो चेतावनी दिएका हुन ।

तोकिएको ठाउँमा नजाने कर्मचारीले तलव, भत्ता र सुविधा केहि पनि नपाउने बताउँदै उनले भने, “२१ दिनसम्म पनि तोकिएको ठाउँमा नपुग्ने कर्मचारीको जागिर समाप्त हुन्छ ।”
मन्त्री पण्डितले लोकसेवा विज्ञापनलाई लिएर विगतमा भएको आन्दोलन र आन्दोलनका अगुवाहरुले भ्रम मात्र छर्ने काम गरेको बताए । मन्त्री पंडितले नेकपा नेतृत्वको सरकार देशमा आमुल परिवर्तन हुने गरी समृद्घि र विकासको ढोका खोल्न प्रयासरत रहेको बताए ।
उनले मुलुकमा संघीय गणतन्त्र आइसकेको बताउँदै यदी कसैले राजतन्त्र ल्याउने सपना देखेका छन् भने उनीहरुको सपना सपनामै सीमित रहने चेतावनी समेत दिए ।
यसैबीच सप्तरीको कंचनरुप नगरपालिका प्रदेश २ कै पहिलो बालमैत्री नगरपालिका घोषणा भएको छ । बालमैत्री स्थानिय तह घोषणा कार्य विधिमा व्यवस्था भए बमोजिमका सूचकहरु १२ वटै वडाले पुरा गरे पश्चात् विहिबार एक समारोह विच कंचनरुप नगरपालिकालाई बालमैत्री नगरपालिकाको घोषणा गरिएको हो ।
बालमैत्री नगर घोषणा समारोहका प्रमुख अतिथि समेत रहेका मन्त्री पंडितले कंचनरुप नगरपालिकालाई बालमैत्री नगर घोषणा गरेसँगै यसलाई अभियानको रुपमा अघि बढाउनु पर्नेमा जोड दिए ।
संघियता पछिको नेपालको तेस्रो तथा प्रदेश २ को पहिलो बालमैत्री नगरघोषणा भएको जानकारी दिएका नगरप्रमुख बसन्त मिश्रले बालमैत्री नगर घोषणाका लागी आवश्यक पर्ने पूर्व बालबचाऔं संरक्षण, बाल विकास, बाल सहभागीता र संस्थागत विकास लगायतका कार्यपुरा भएपछि बालमैत्री नगर घोषणा गरिएको जानकारी दिए ।
उनले बालसंरक्षण र विकासका लागी नगरपालिकाले प्रयाप्त बजेट विनियोजन गरिएको जानकारी पनि दिए । बालमैत्री स्थानिय शासन ऐन २०६८ ले निर्धारण गरे बमोजिम ३९ वटा सूचकहरु नगरपालिकाले पुरा गरिसकेको उनको भनाई थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ