News Category 2076/05/22
बालकको घाँटीमा अडकिएको सिक्का निकालेर चिकित्सकले जोगाए ज्यान
दैनिक समाचारदाता
राजविराज, २२ भदौं ।
राजविराज वडा नं. ९ मलेठ स्थित एक बालकको घाँटीमा अडकिएको एक रुँपैयाको सिक्का सफलतापूर्वक शल्यक्रिया बिनै चिकित्सकहरुले निकालेका छन् ।
अढाई वर्षिय मो. सलमानले घरमा खेल्दै गर्दा एक रुँपैयाको सिक्का निलेका थिए । घाँटीको भित्री नलीमा सिक्का अडकिएर गम्भिर अवस्थामा उपचारका लागि उनलाई परिवारजनले स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएका थिए ।
अस्पतालका चिकित्सकहरुले शल्यक्रिया बिनै सफल उपचार गरी सिक्का निकालेर बालकको ज्यान जोगाएका छन् ।

रिजिड अशोथेगोस्कोपी (मुखबाट पाइप छिराएर) प्रविधिको मद्दतबाट दुई घण्टाको प्रयासपछि बालक सलमानको घाँटीमा अडकिएको एक रुँपैयाको सिक्का निकाल्न सफल भएको उपचारमा संलग्न नाक, कान, घाँटी रोग विशेषज्ञ डा. महेश पोखरेल तथा एनेस्थेशियोलोजिस्ट डा. पारसमणी साहले जानकारी दिएका छन् ।
चिकित्सकहरुले भिडियो एक्सरे गर्दा बालकको घाँटीको भित्री नलीमा धातु अडकिएको देखिएपछि सो प्रविधीबाट दुई घण्टाको प्रयासपछि शल्यक्रिया बिना नै सफलता हात पारे ।
घाँटीमा यसरी अडकिएको सिक्का समयमै निकाल्न नसकेको भए बालकको ज्यान जाने सम्म खतरा रहेको तर, समयमै बालकलाई अस्पतालसम्म ल्याइएकाले सफल उपचार भएको चिकित्सकहरुको भनाई छ । यता स–साना बालबालिका खेल्दै गर्दा अभिभावकले निगरानी गर्नुपर्ने सुझाव समेत चिकित्सकहरुले दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ