News Category 2076/05/22
सप्तरीमा पनि फेला प¥यो डेंगुका एक बिरामी, एकको पुष्टि, अर्को दुईको परिक्षण हुँदै
दैनिक समाचारदाता
राजविराज, २२ भदौं ।
सप्तरी जिल्लामा पनि डेंगुका रोगि भेटिएको छ । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि आएका एक ६० वर्षिय बृद्धमा डेंगु रोग भेटिएको हो ।
यसैगरि आइतबारै उपचारका लागि राजविराजस्थित एक निजि क्लिनिकमा आएकी एक महिला र एक पुरुषमा पनि डेंगु रोगको लक्षण देखिएको सम्बद्ध क्लििनिकका संचालकले जानकारी दिएका छन् । यद्धपी उनहरुको रगत परिक्षण गर्ने कार्य जारि रहेकाले डेंगु भए÷नभएको बारे परिक्षण पश्चात् मात्र सार्वजनिक गर्ने ती क्लिनिकका संचालकले बताएका छन् ।
यता उपचारका लागि आएका कंचनरुप नगरपालिका बैरवाका ६० वर्षिय राजेन्द्र पंजियारको रगत परिक्षण गर्दा डेंगु रोगको पुष्टि भएपछि प्रारम्भिक उपचार गरेर थप उपचारका लागि बिराटनगरस्थित कोशी अंचल अस्पताल पठाइएको डा. रविरंजन प्रधानले जानकारी दिए ।
उपचारका लागि आएका पंजियारको डा. प्रधान र डा. रन्जित झाले प्रारम्भिक उपचार गरेका थिए । तर, उनलाई थप उपचार आवश्यक परेको तथा बिराटनगरस्थित कोशी अंचल अस्पतालमा डेंगु रोग उपचारको उपकरण र औषधीसहितको विशेषज्ञ टोली उपलब्ध रहेकाले त्यसतर्फ पठाइएको अस्पताल प्रशासनले जनाएको छ ।
यसअघि उपचारका लागि धरान र बिराटनगर पुगेका सप्तरीको दुई जना बिरामीमा पनि डेंगु रोग देखिएको जानकारी प्राप्त भएको अस्पताल श्रोतले जनाएको छ ।
उच्च ज्वरो आउने, टाउँको दुख्ने, जिउ दुख्ने, चिलाउने, घाँटी खसखस गर्ने, आँखा रातो हुने लगायतका लक्षण डेंगु रोगतर्फ संकेत गर्ने बताउँदै डा. प्रधानले लामखुट्टेको प्रकोपबाट जोगिन तथा सरसफाईमा विशेष ध्यान दिन सर्वसाधारणलाई सुझाव समेत दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ