News Category 2076/05/23
तीन स्थानिय तहले जनतामा खानेपानी, सरसफाईको पहुँच पु¥याउने प्रतिबद्धता
दैनिक समाचारदाता
राजविराज, २३ भदौं ।
सप्तरीका तीन स्थानिय तहले शत प्रतिशत जनतामा खानेपानी र सरसफाईको पहँुच पु¥याउने उद्देश्यले कार्ययोजना बनाएको छ ।
सोमवार राजबिराजमा आयोजित एक कार्यशाला गोष्ठीमा डाक्नेश्वरी नगरपालिका, बिष्णुपुर गाउपालिका र राजगढ गाउपालिकाले शत प्रतिशत चर्पि प्रयोग गराउने तथा पुर्ण सरसफाईपालिका बनाउन १० बर्षिय योजना तयार पारेको छ ।
सो अवसरमा बिष्णुपुर गाउपालिका उपाध्यक्ष जंजिरा यादबले निर्माण भएका सबै चर्पिलाई प्रयोगमा ल्याउने, शत प्रतिशत जनतालाई स्वच्छ, खानेपानी उपलब्ध गराउने, प्रत्येक वडाको एउटा टोल पुर्ण सरसफाईसहित उन्मुख तर्फ अगाडी बढाउदै घोषणा गर्ने, सेफ्टी टंयाक सफा गर्ने गाडी ब्यबस्थापन गर्ने, डम्पिंग साईडको ब्यबस्थापन गर्नेसहितको लक्ष्य योजना बनाएको बताईन ।
बिष्णुपुर गाउपालिका वडा अध्यक्ष जिवछ मण्डलले दलित तथा बिपन्न बस्तीहरूमा आर्थिक अबस्था कमजोर भएका कारण शौचालय निर्माण गर्न नसक्नु, जनचेतनाको कमि कारण ढल निकास तथा फोहोर ब्यबस्थापन केन्द्रको अभाव, खुल्ला शौच गर्ने परम्परागत बानी रहेको, बिपन्न बर्गहरूमा शौचालय बनाउन जग्गा जमिनको अभावा, कुहिएको फोहोर मैला, प्लाष्टिक ईत्यादि पदार्थहरू खुल्ला सार्वजनिक ठाउमा फाल्ने गरेकाले समस्या आउने गरेको बताए ।
यस्तै राजगढ गाउपालिकाका अध्यक्ष परमान्नद यादबले “अपन गाम सुन्दर ठाम” बनाउन २०२२ सम्ममा एक घर, एक ट्युवेल, धारा पानीको ब्यबस्थापन, २०२८ सम्ममा पुर्णरूपमा कुपोषण मुक्त बनाउने, सबै गरिव घरमा सामुहिक ट्यांकी शौचालय २०२५ सम्म बनाउने, फोहार ब्यबस्थापन गर्न जग्गा उपलब्ध गराउने, २०२६ सम्म पुर्ण सरसफाई घोषणा गर्ने, सबै वडामा बर्थिंङ सेन्टर बनाउने लक्ष्य सहित योजना बनाएको बताए ।
डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिव नारायण साहले सन २०३० सम्ममा नगरपालिकालाई स्वच्छ, सफा सुन्दर र ब्यबस्थित रूपमा स्थापना गर्ने बताउदै जनतामा गुणस्तिय खानेपानीको सुनिश्चितता गर्न १ धारा १ टयुवेलको प्रबन्ध गर्ने, २०२५ ठोस फोहोर ब्यबस्थापन केन्द्र स्थापना गर्ने, सन २०३० को अन्तसम्ममा दिशाजन्य लेदो ब्यबस्थापनको लागि टिट्मेन्ट स्थापना गर्ने कार्ययोजना बनाएको जानकारी दिए । उनले २०३० को अन्त्य सम्ममा बालमैत्री, अपांगता मैत्री, लैंगिक मैत्री, सरसफाई संरचनाहरू स्थापना गर्ने समेत योजना बनाउदै प्रतिबद्धता व्यक्त गरे ।
वेल्ट हंगर हिल्फे नेपाल (डब्लु.एच.एच.) को आयोजना तथा जिल्ला समन्वय समिति सप्तरीको संयोजनमा आयोजित कार्यक्रममा तिनै पालिकामा खानेपानी र सरफाई तथा पोषणको क्षेत्रमा काम गर्नका लागि पालिकासँग दिर्घकालिन योजनाका लागि गोष्ठीको आयोजना गरेको जनाएको छ ।
सो गोष्ठीमा स्थानिय निकायहरूले सरसफाई तथा खानेपानी पोषणका बिकासमा एकजुट भई उर्जाका साथ र दिगोपनाका लागि कार्ययोजना बनाउनुपर्नेमा जोड दिइएको छ ।
प्रारम्भिक अभिमुखिकरण तथा कार्यशाला गोष्ठीमा जिससका प्रमुख प्रभाकर यादब, वेल्ड वास कार्यक्रम संयोजक पद्म लम्साल, वेल्डका म्यानेजर गिरी राज खत्री, जिसस कार्यक्रम अधिकृत नवराज खडका, महुली समुदाय बिकास केन्द्रका प्रभु नारायण चौधरी, सबल नेपालका निर्देशक दिपक कुमार झा, नेपाल पत्रकार महासंघ सप्तरी उपाध्यक्ष श्यामसुन्दर यादब लगायत विभिन्न पालिका वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ