News Category 2076/05/25
सप्तरीमा ७० जनाले गरे आत्महत्या
दैनिक समाचारदाता
राजविराज, २४ भदौं ।
सप्तरी जिल्लामा आत्महत्याका घटना डरलाग्दो रहेको छ । जिल्लामा एक वर्षको अवधीमा ७० जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
यसरी आत्महत्याका घटना वढेपछि न्युनिकरणका लागि सप्तरी प्रहरी प्रशासनले चासो देखाएको छ । आत्महत्या रोकथाम दिवसको अवसर पारेर प्रहरीले समुदायस्तरमा जनचेतना कार्र्यक्रम प्रारम्भ गरेको छ ।
कार्यक्रम अन्र्तगत मंगलबार राजविराजमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि आमनागरिकलाई आत्महत्या विरुद्ध सचेत गराउने प्रयास गरिएको छ ।

आयोजित कार्यक्रमा प्रहरी उपरिक्षक कृष्ण प्रसाईले आत्महत्याको बढ्दो घटना प्रति चिन्ता व्यक्त गर्दै यसलाई न्युनिकरण गर्न किटनाशक औषधि, मादकपदार्थ र लागु् औषधमा निगरानी तथा अनुगमन, मानसिक समस्याको उपचार, स्वास्थ्यकर्मीलाई सम्वद्ध तालिम, जनमानस र स्कुल कलेजमा जागरण लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको सुनाए ।
प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, जेष्ठ नागरिक संघ प्रदेश २ का अध्यक्ष शंकर शारदा, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, मनोेरोग परामर्शदाता मनिशा सिम्खडा, प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, पत्रकार महासंघका सहसचिव चन्दन यादव, गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी लगायतले आत्महत्या जटिल समस्याको रुपमा देखा परे्को भन्दै प्रहरी र नागरिक सामाज मिलेर रोकथामको प्रयास गर्नु पर्नेमा जोड दिएका थिए ।
आ.ब. २०७५ साउनदेखि हालसम्मको अवधिमा जिल्लामा ७० जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ । जसमध्ये महिलाको संख्या ३६ र पुरुषको संख्या ३४ रहेको छ ।
परिवारिक कलह, प्रेममा धोखा, बेरोजगारी, परिक्षामा असफलता, मानसिक तनाव, एक्लोपना र आर्थिक विपन्नता लगायतका कारणले आत्महत्या गर्नेको संख्या वर्षेणी बढ्दै गएको भन्दै अन्तरक्रियाका सहभागीहरुले यसलाई न्युनिकरण गर्न जिल्लाका सबै १८ वटै स्थानीय तहमा नागरिक र प्रहरी मिलेर सचेतना अभियान चलाउपर्ने सुझाव समेत दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ